२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकको उत्साहले भरियो ‘बलिदान’, ‘मास इन्टरटेनिङ’को नयाँ स्तरमा नेपाली चलचित्र



अ+ अ-
काठमाडौं – बडादसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले रिलिजसँगै दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिनमै हलहरू खचाखच भरिएका थिए भने दोस्रो दिन पनि त्यस्तै दर्शक चापसहित प्रदर्शन निरन्तर रहेको छ। काठमाडौंदेखि बाहिरी जिल्लासम्म हलभित्रको माहौल दर्शकको हुटिङ, ताली र उत्साहले ‘मास इन्टरटेनिङ’ अनुभव दिलाएको छ।
चलचित्र हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने चलचित्र पहिलो पटक बनेको महसुस गरेको बताए। कतिपय दर्शकलाई चलचित्रभरि आमा र छोराबीचको प्रेम र त्यागको कथाले गहिरो भावनात्मक असर पारेको छ। धेरैलाई अन्त्यसम्म कहिले आँसु झर्‍यो भन्ने थाहा नै भएन। कोही–कोही दर्शकले चलचित्रले अहिलेको देशको यथार्थपरक परिस्थितिलाई अघि नै लेखेर पर्दामा उतारेको रहेछ भन्ने अनुभव सुनाए।
प्रमुख अभिनेता समीर भट्टको अभिनय र एक्सन दुवैलाई दर्शकले निकै दमदार भनेका छन्। कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा पनि चित्रण गरे। अर्का दर्शकहरूले भने सम्पूर्ण कलाकारहरूको अभिनयले चलचित्रलाई अझ बलियो बनाएको उल्लेख गरेका छन्। त्यस्तै, धेरैले चलचित्रको कथा र प्रस्तुतीकरण यति सशक्त लागेको भन्दै ‘बलिदान’को दोस्रो भाग पनि बन्नुपर्ने चाहना प्रकट गरेका छन्। धेरै युवाहरूले चलचित्रले देशप्रेमको बारेमा आफूलाई ‘मोटिभेसन’ दिएको समेत बताएका छन्।
हाल यो चलचित्र २ सय ५० भन्दा बढी शो सङ्ख्यासहित देशभर प्रदर्शन भइरहेको छ। काठमाडौंका विभिन्न हलमा निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी र पवन बिस्ट, साथै कलाकार समीर भट्ट, ऋचा शर्मा, प्रजल दुलाललगायत उपस्थित भई प्रत्यक्ष दर्शकसँग भेटघाट गरिरहेका छन्। उनीहरूले दर्शकको उत्साह र प्रतिक्रियालाई चलचित्रको ठुलो उपलब्धि बताएका छन्।
‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।