३१ श्रावण २०८३, आईतवार
,
Latest
कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस



अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताउनुभएको छ ।

आन्तरिक पर्यटकहरु पनि जेन जी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उहाँको भनाइ छ । वाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताउनु भयो । पर्यटन क्षेत्र जेन जी आन्दोलनसँगै सुस्ताएको उहाँको भनाइ छ । उहाँकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु सय भन्दा बढी हुने गरेपनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् ।

तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरु बाहिर ननिस्किएको बताउनु भयो । उहाँले यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउनुपर्ने कुरामा यातायात व्यवसायीहरु सचेत रहेको बताउनु भयो । चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन चलाइरहेको बताउनु भयो । उहाँले काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरुसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग हुने भनेको आन्तरिक पर्यटन मात्रै हो । वाह्य पर्यटकको तथ्यांक पर्यटन बोर्डले नै राख्छ । हामी कहाँ आउने कुरामा धेरै पर्यटकहरु आन्तरिक पर्यटक आइरहँदा दिनमा लगभग हाम्रा गाडीहरुले नेपालभरबाट सय जना जति पर्यटकहरु भित्र्याउँछन् । जेन जीको आन्दोलनपछि भन्दा यसलाई न्युन भएको अवस्था छ । देशको स्थिति छ, के हुन्छ भन्नेकुरा थाहा छैन । तिहारपछि ठूलै आन्दोलन हुन्छ भन्ने समाचारले गर्दा मान्छेहरु बाहिरबाट आउन रोकिएका छन् । बाटोहरुमा प्रहरीहरु देखिएका छैनन् । आन्दोलनका कारण उनीहरु तहसनहस भएका छन् । पहिलाको जस्तै ठाउँमा सुरक्षा छैन ।’ 

अध्यक्ष साईले यात्रुहरुसँग विगतकै भाडादरमा भाडा लिइरहेको बताउनु भयो । यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने चेतावनी दिनुभयो ।




भर्खरै