२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ



अ+ अ-

धनगढी । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिए । प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।

मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।

यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।

स्वास्थ्य सामग्री प्राप्तउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा सेती प्रदेशिक अस्पतलालाई सोमबार दुई हजार ५०० थान पिपिइ, पाँच हजार थान मास्क, पाँच हजार थान ग्लोब्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा शुरुमा दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उहाँकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो ।

सोही दिन कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकोमा सोमबार मात्र लम्कीका एक महिलामा कोरोना देखिएको पुष्टि भएको हो ।

संसर्गमा आएका सबै क्वारेन्टाइनमासोमबार कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलासँग भेटघाट गर्ने ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितसँगै वीरगञ्जबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

पत्रकारको नतिजा नेगेटिभकोरोना भाइरसको परीक्षणका लागि नमूना दिएका धनगढीका दश पत्रकारको पिसिआर पद्धतिबाट गरिएको प्रयोगशाला जाँचको नतिजा नेगेटिभ आएको छ । कोरोनाको सन्त्रासपछि गौरीफन्टा सीमा नाकामा समाचार सङ्कलनका लागि पुगेका पत्रकारको नतिजा नेगेटिभ आएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।