४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
अ+ अ-

म्याग्दी । वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

शरद्यामको मौसमसँगै चाडपर्वले मानिसहरुको मनमा उमंग छाएको छ । सहर बजार र विदेशिएकाहरु दशै पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुुन्जायस भएका छन् । रोजगारी, अध्ययन, पेशा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताउनुभयो ।

“अघिपछि गाउँघरमा युुवाहरु नभएपनि विदेशीएका र सहर पसेका आफन्तहरु गाउँ फर्केपछि रौनक छाएको छ,” उहाँले भन्नुुभयो “चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र ईष्टमित्रहरुको मिलन गराउँदा उमंग छाएको छ ।”

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । वि।स। २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरु सहर तथा विदेशीने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीका स्थानीय तहहरुमा ८९ परिवार बसाई सराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् ।

अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरु बढी भेटिने ग्रामिण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशै मनाउन कोरीयाबाट जन्मथलो आउनु भएको छ ।

“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झीएर न्यास्रो लाग्थ्यो,” उहाँले भन्नुभयो “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीहरुसँगको आत्मियता विदेशमा हुदैन् ।”

सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सिमित हुुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुुकेको हुुन्छ । आफन्त साथीभाई र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाले बताउनुभयो ।

दशैको नवदुुर्गामा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैको विषेश महत्व हुुने दशै मनाउनका लागि बेनीबाट दसै मनाउन जन्मथलो रघुगङ्गा –४ दग्नाम स्थित घरमा गएकी सोनालिका गर्बुजाले बताउनुभयो ।
“बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौ,” पोखराबाट दशै मनाउन धवलागिरी गाउँपालिका–७ हिलापोखरी स्थित जन्मथलोमा आएका खुम पुनले भन्नुभयो “बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच।।। हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।”

गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्राय:जसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसे चौबीसे राज्यका पालाका ज्यामरुक, भगवति, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ । रासस