१४ श्रावण २०८३, बिहीबार
,
Latest
वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो।

नेपालका आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। यस्तै, सन्दीप जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भएको थियो।

त्यसैगरी कुशल भुर्तेलले २, कप्तान रोहित पौडेलले ३, कुशल मल्लले ७ रन बनाएका थिए भने गुलशन झाले ६ र आदील आलमले ११ रन बनाएका थिए ।




भर्खरै