२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्खेपिङ संरक्षण गर्दै गाउँले



अ+ अ-

गलकोट । चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गतवर्षदेखि आफ्नै लगानीमा चर्खेपिङ निर्माण गर्नुभएको छ ।

बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरिन्थ्यो । जिसिले एउटा चर्खेपिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गर्नुभएको बताउनुभयो ।

“पोहोरकै सामाग्रीहरु जडान गरेर यसपाली पनि पिङ हालिएको छ”, उहाँले भन्नुभयो “पछिल्लो समय देखिनै छाडेको चर्खेपिङ संरक्षण गर्र्नु सबैको दायित्व हो ।”

विगत चार वर्षदेखि बागलुङ नगरपालिका–५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खेपिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताउनुभयो । एघार वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेले बताउनुभयो ।

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने परम्परागत मान्यता छ । दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ । “यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खेपिङ हाल्ने निर्णय गरेर लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्यूरेले भन्नुभयो, “१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।”

न्यूरेका अनुसार चर्खेपिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समिति मार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो ।

दुई दशकअघि गाउँ–गाउँमा अनिवार्यजसो चर्खेपिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो । “कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनै पिच्छे चर्खेपिङ देख्न पाइँदैन”, उहाँले भन्नुभयो, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।”