२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनखोलामा फेरी पहिरो, सडक अवरुद्ध



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोला पुल नजिक सोमबार फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मध्यान्न १२ बजेदेखि पुल नजिकै ठूलो मात्रामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी यातायात बन्द भएको हो ।

डिभिजनका इन्जिनियरहरुले डोजर र अन्य मेसिनरी प्रयोग गरेर पहिरो पन्छाउने काम थालिरहेका छन् । तर, ढुंगामाटोको मात्रा धेरै भएकाले सडक खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

यस सडक खण्डमा वर्षायाम सुरु भएदेखि नै पटक–पटक पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ । यसले यात्रु र स्थानीयलाई सास्ती खेप्नुपरेको छ ।

सडक डिभिजनले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।