४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारतले किन एसिया कपको ट्रफि लिन मानेन ?

भारतले किन एसिया कपको ट्रफि लिन मानेन ?
अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट–२०२५ मा पाकिस्तानलाई हराउँदै विजेता बनेको भारतले अकल्पनीय रूपमा ट्रफि लिन अस्वीकार गर्यो ।

फाइनल खेल सकिएलगत्तै हुने पुरस्कार वितरण समारोह लामो समय ढिलाइ भयो । समारोहमा विजेतालाई ट्रफि र पदक प्रदान गर्ने जिम्मेवारी पाकिस्तानका गृह मन्त्री तथा पूर्व क्रिकेट बोर्ड अध्यक्ष मोहसिन नकवीलाई दिइएको थियो । भारतीय टोलीले भने नकवीबाट ट्रफि नलिने निर्णय गरेपछि सम्पूर्ण प्रक्रिया अवरुद्ध भयो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का पदाधिकारीहरूका अनुसार “भारत कुनै युद्धरत मुलुकका गृहमन्त्रीबाट ट्रफि ग्रहण गर्न तयार छैन ।” नकवीले सामाजिक सञ्जालमा भारतविरोधी संकेत भएको पोस्ट गरेको आरोप पनि भारतीय पक्षले औंल्याएको छ ।

यस कारण अन्ततः नकवी नै ट्रफि लिएर मञ्चबाट बाहिरिएका थिए भने भारतीय टोलीले मैदानमै रमाउँदै सेलिब्रेशन गर्‍यो । कप्तान सूर्यकुमार यादवले भने, “हामीलाई साँचो ट्रफि भनेकै हाम्रो टीम, कोच र स्टाफ हुन् । तर विजेतालाई ट्रफि नै नदिनु खेलको इतिहासमै अद्वितीय घटना हो ।”

पाकिस्तानका कप्तान सलमान अघाले भने भारतीय टोलीले खेलको सम्मान नगरेको प्रतिक्रिया दिएका छन् । उता, पाकिस्तानी पूर्व खेलाडी शोएब मलिकले भारतको यो निर्णयले भविष्यमा पछुतो दिलाउने टिप्पणी गरेका छन् ।

अब भारतीय क्रिकेट बोर्डले यस घटनाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा औपचारिक विरोध दर्ता गर्ने तयारी गरेको बताइएको छ ।