४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चाडपर्वमा कस्तो खानपान खाने ?

चाडपर्वमा कस्तो खानपान खाने ?
अ+ अ-

अहिले चाडपर्व नजिकिएसँगै दशैँबजार शुरु भइसकेको छ । चाडपर्वका बेला सस्तोमा समानहरु किन्नका लागि धेरैको ध्यान जाने गरेको छ । लत्ता कपडासँगै खाद्य वस्तुहरुको किनमेल गर्दा सस्तो भन्दा पनि गुणस्तरीय वस्तुहरुको प्रयोग गर्न र खानपानमा समेत सजक रहनुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले बजारमा जाँदाखेरि हतारमा बजार गर्न नहुने बताउनुहुन्छ । उहाँकाअनुसार बजार गर्दा त्यसमा लेबलहरू हेर्ने बानी गर्नुपर्छ । लेबल हेर्दा हामीले चाहिँ कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, त्यो पनि हेर्नुपर्छ भने त्यहाँ भएको ‘इन्ग्रेडियन्टस’ पनि हेर्ने बानी बसाल्नुपर्ने उहाँको भनाइ छ ।

उहाँकाअनुसार सस्तो मात्र खोज्नु भएन, त्यसमा रहेको क्वालिटी, सेफ्टीहरूको बारेमा समेत  उपभोक्ताले जानकारी राख्न जरुरी छ । महानिर्देशक जोशी (वैद्य) ले भन्नुभयो,‘दशैँ तिहारजस्ता पर्व हामी नजिक आइपुगेको छन् । यतिखेर बजारमा जाँदाखेरि हतारमा हामी बजार गर्नुभन्दा पनि, त्यसमा लेबलहरू हेर्ने बानी गरौँ र लेबल हेर्दाखेरि हामीले चाहीँ कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, हेर्नुप¥यो । त्यहाँ भएको इन्ग्रेडियन्टस पनि हेर्ने चाहिँ बानी गरौँ । जुन चाहीँ आफ्नो शारीरिक आवश्यकताअनुसारको त्यसमा कुन–कुन कुराहरू खान वर्जित छ । जस्तो, म वयस्कको छु भनेदेखि मैले सुगर कन्ट्रोल गर्छु होला । ट्रान्सफ्याटहरूको कुराहरू छ, ट्रान्सफ्याटहरू चाहीँ हाम्रो स्वास्थ्यको लागि हानिकारक छ । यी कुराहरू ध्यान दिनुप¥यो ।’

घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर हुन्छन् भन्ने छैन 

घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर नहुने जोशीले बताउनु भयो । जोशी (वैध)ले काअनुसार धेरै फ्याटहरूको, धेरै चिल्लो पदार्थहरूको उपभोग गर्नु स्वास्थ्यकर मानिदैन । चाडपर्वको बेला धेरै सुगर (चिनी)को मात्राहरूलाई पनि नियन्त्रित रूपमा मात्र उपभोग गर्नुपर्छ । आफूले घरमा पकाएको खानेकुराहरूलाई पनि खासगरी एकदम तातोतातै उपभोग गर्नुपर्छ । कि होइन भनेदेखि भोलिको लागि, भरेको लागि राख्ने हो भने, खाना पकाएपछि २ घण्टासम्म मात्र तातो अवस्थामा उपभोग गरिसक्नुपर्ने, त्यसपछाडि उपभोग गर्नुछ भने, त्यसलाई राम्ररी कोठाको तापक्रममा चिसो बनाएर, अनि रेफ्रिजरेटरमा राखेर हामीले २ देखि ३ दिनसम्म उपभोग गर्न सकिने तर त्योभन्दा ज्यादा गर्न नसकिने उहाँको भनाइ छ ।

जोशीले भन्नुभयो–‘एकचोटि तताएको खानेकुरालाई पुनः तताइसके पछाडि त्यसलाई फेरि फ्रिजमा राख्ने गर्नु चाहीँ हुँदैन । जति आफूलाई चाहिन्छ, त्यति नै मात्रामा हामी तताउने र त्यसलाई उपभोग गर्ने र बाँकीलाई चाहिँ डिस्पोज गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ चाहीँ हामी फेरि तताउँछौं, अनि फेरि त्यो चिसोमा लगेर मिसाइदिन्छौं र त्यसपछाडि धेरै स्वास्थ्यसम्बन्धी समस्याहरू आउने, फुड पोइजनिङहरू हुने त्यो केसहरू पनि आइराखेको हुन्छ ।’

धेरै नुनको सेवन नगरौँ 

चाडपर्वमा अत्यधिक मात्रामा नुनहरूको सेवन गर्न सकिने भएकाले ख्याल गर्न जरुरी रहेको जोशी बताउनुहुन्छ । उहाँकाअनुासर दैनिक एकजना वयस्कको लागि डब्लुएचओको मापदण्डअनुसार पाँच ग्रामभन्दा बढी नुन खान मिल्दैन ।

महानिर्देशक जोशीले भन्नुभयो–‘अब दशैंको बेलामा, चाडबाडको, तिहारको बेलामा, चाडबाडको बेलामा हामीले चाहीँ धेरै थोकहरू खाँदा खेरि नुनको मात्राहरू पनि धेरै हुनसक्छ । यो कुरालाई पनि हामी ख्याल राखौं र आफ्नो स्वास्थ्यलाई ख्यालमा राख्नुपर्छ ।’ 

नेपालीको अहिले एभरेजमा नुनको कन्जम्सन÷उपभोग हेर्ने हो भनेदेखि करिव १० ग्राम हामीले खाइरहेको अवस्था छ । त्यसै कारणले हामीले त्यसै पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।