४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एसिया कप फाइनल: पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य

एसिया कप फाइनल: पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य
अ+ अ-

काठमाडौं। एसिया कप–२०२५ को फाइनलमा भारतविरुद्ध पाकिस्तानले १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडिययमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको हो।

पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फखर जमानसँग ८४ रनको साझेदारी गरेका थिए। फखरले ३५ बलमा ४६ रन बनाए। यसबाहेक, सैम अयुबले १४ रन थपे । यसबाहेक, पाकिस्तानका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुलदीप यादवले चार विकेट लिए । चार ओभर बलिङ गरेका कुलदीपले ३० रन खर्चिए । वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई विकेट लिए ।

यसै प्रतियोगितामा यी दुई टिमबीच दुई खेल भइसकेको छ । यी दुवै खेलमा भारतले पाकिस्तानलाई क्रमशः सात र ६ विकेटले पराजित गरेको थियो ।