१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी आन्दोलनले धार्मिक पर्यटकको आगमन पनि घटायो’



अ+ अ-

नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पनि पर्यटकहरुको संख्या घटेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सो मन्दिरमा पनि पर्यटक आउनेहरुको संख्या न्युन हुन गएको हो ।

भारत लगायतका मुलुकहरुले पनि सुरक्षाका कारण नेपाल भ्रमणमा नजान भनेर निर्देशन दिएपछि अहिले धार्मिक पर्यटनस्थल सो मन्दिरमा पनि पर्यटकहरुको आगमन न्युन हुन गएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । उहाँले सो आन्दोलनमा ठूलो धनजनको क्षति भएकाले पनि तत्कालका लागि पर्यटकहरुको आगमन बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष बरालले भन्नुभयो, अवश्य पनि नेपालमा यत्रो दुर्घटना हुँदै गर्दा धार्मिक स्थलमा मात्रै नभएर सम्पर्ण पर्यटकीय स्थलमा ठूलो प्रभाव परिरहेको छ । तत्काल धार्मिक पर्यटकहरुलाई पनि आगमन नगर्नु भनेर भारतले पनि सूचना जारी गरेको छ । अन्यत्र राष्ट्रहरुले पनि यस्तो ठूलो जुन जनधनको क्षति नेपालमा भएको छ । यो प्रति अत्यन्तै दुःख व्यक्त गर्न चाहन्छु । र यसले प्रभाव चाहीँ पार्छ नै । अब कति लामो प्रभाव पार्छ भन्ने कुरा मात्रै थाहा छैन । तत्काल त धेरै प्रभाव परिसकेको छ । तापनि पुम्दीकोटको अन्यको तुलनामा पर्यटकहरुको आउने क्रम त छ । तर पहिलो जस्तो जुन भीडभाड हुन्थ्यो, अहिले छैन, न्युन नै छ ।’ 

अध्यक्ष बरालले पर्यटकहरुको आगमनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदर्शनको क्रममा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो ।