काठमाडौँ । नेपालीहरुको महान पर्व विजया दशमीको रौनक शुरु भइसकेको छ । असोज ६ गतेदेखि नै विधिवत रुपमा शुरु भइसकेको दशैँ असोज १६ गते टीकाको शुभ साईत छ । असोज ६ गते घटस्थापना गरी दशैँ घरमा जमरा राखिएको थियो ।
दशैँ शुरु भएसँगै पसलमा कपडा किन्नेहरु, पिङ खेल्न पिङ हालेको ठाउँमा पुग्नेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । नेपालीहरुले दशैँलाई भव्य रुपमा मनाउने गर्दछन् । काठमाडौंका विभिन्न चोक चोकमा लिङ्गे पिङ हालेको देख्न सकिन्छ ।
साना बालबालिकादेखि किशोर किशोरीहरुसम्म पिङ खेल्न चोक चोकमा हँसिलो अनुहारका साथ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानका लिङ्गे पिङ र पिङमा मच्चिएकाहरुको तस्बिर आजको फोटो फिचरमा ।







न्युज एजेन्सी नेपाल/ अनुप प्रधान










