४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली

मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली
अ+ अ-

काठमाडौँ । जेन—जीको आन्दोलनबाट आएको अवस्था परिवर्तनपछि देशमा अहिले सबैभन्दा ठूलो पर्व बडादशैँको रमझम छ भने अधिकांश नेपालीहरू आफ्ना कर्मथलोबाट जन्मोथल फर्किंदैछन् । आन्दोलनले निम्त्याएको तोडफोड र आगजानीसँगै मानवीय क्षतिले देशमा चिन्ता छ । तर यो बडादशैँले केही भए पनि खुशी दिने माध्यम बन्नेछ ।

तथापि यो खुहीको अवसरमा देशको झण्डा बोक्ने खेलाडीहरू भने मैदानमा नै दशैँ मनाउने तयारीमा छन् । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली, काभा यु–१९ महिला महिला भलिबल टोली र नेपाली यु–१७ महिला फुटबल टोली दशैंको रमझमका बीच मैदानमा प्रशिक्षण गरिरहेका छन् । यीमध्ये चर्चा गरौं नेपाली यु–१७ महिला टोलीको । गत भदौ १६ गते भूटानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली तेस्रो भएको थियो । यो च्याम्पियनसिप सकिएलगत्तै नेपाली टोली फेरि अर्को तयारीमा जुट्यो, त्यो हो, एएफसी यु–१७ महिला एशियन कप क्वालिफायरमा । आगामी अक्टोबर १३ देखि थाइल्यान्डमा छनोट शुरु हुँदैछ ।

नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा बलियो टोली थाइल्याण्डसँगै तुर्केमिनिस्तान पनि छ । समूहको शिर्ष टोली एशियन कपका लागि छनोट हुनेछ । तुलनात्मक रूपमा यी टोली नेपालभन्दा बलिया छन् । तर नेपाली महिला टोली लामो समयदेखि मैदानमा तयारीबाट छनोट हुने आत्मविश्वासमा छ । यसपल्ट दशैं मैदानमा नै मनाएर यो च्याम्पियनसिपमा छनोट हुने लक्ष्यसहित नेपाली यु–१७ टोली अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ सकिएको दुई दिनपछि नै लगातार प्रशिक्षण गर्दै साफमा देखिएका कमजोरी सुधार गरिएको बताएका छन् ।

उनले डिफेन्स र मिडफिल्डमा काम गरिरहेको उल्लेख गरे । साफमा ६ वटा खेलले खेलाडीमा अनभुवी पनि पाएको र यसले गर्दा एएफसी कप क्वालिफायरमा राम्रो नतिजा ल्याउने उनको विश्वास छ । शुरुदेखि फिटनेसमा सुधार गर्न काम गरेको र पावर ट्रेनिङ पनि गराएको प्रशिक्षक श्रेष्ठ बताउँछन् । यसले खेलाडीको प्रदर्शनमा सुधार आउने अपेक्षा छ । थाइल्याण्ड सबैभन्दा बलियो टोली रहेको र टिमवर्कमा राम्रो रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् । तर त्यसअनुरूप आपूmले खेलाडीलाई तयारी गराएको उल्लेख गरे ।

नेपालीहरूको महान पर्वमा पनि खेलाडीलाई तयारीमा जुट्न प्रोत्साहित गरेको उनी बताउँछन् । यसमा खेलाडीहरू पनि खुसी रहेको उनले बताए । राइट डिफेन्समा केही कमजोरी रहे पनि त्यसमा सुधार गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ । विभागका सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै यो टोलीलाई म्याच एक्सपोजर पनि पर्याप्त दिने उनी बताउँछन् । साफको तुलनामा खेलाडीको प्रदर्शनमा धेरै सुधार भएकोमा उनी खुशी छन् । लगातार यी खेलाडीले प्रतियोगिता खेल्न पाएमा सिनियर राष्ट्रिय टोलीमा पनि स्थान लिनेमा उनी विश्वस्त देखिन्छन् ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि शनिवार २३ सदस्यीय अन्तिम टोली छनोट गरेका छन् । मिडफिल्डर भुमिका बुढाथोकी कप्तानीमा टोली छनोट गरिएको हो । गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो । कप्तान भुमिकाले प्रशिक्षकले दशैँमा मैदानमा नै मनाउने र देशलाई खुशी दिने लक्ष्यमा आफूहरू रहेको बताइन् । टेक्निकल र फिजिकल पक्षमा काम भइरहेको उनको भनाइ छ । साफमा भएका गल्तीलाई सुधार गर्ने प्रयास भएको उनी बताउँछन् । थाइल्याण्डमा छनोट भएर फर्कने लक्ष्य रहेकाले सबैले त्यहीअनुरूप मेहनत गरेको कप्तान भुमिकाले बताइन् । आफूहरूको मनोबल हामी जित्छौं भन्ने रहेको उनी बताउँछिन् ।

नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन् । प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन् । गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिइएको छ । आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानापाललाई प्रतिस्थापन गरिन् । पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको छैटौं संस्करण पनि खेलेका थिए । त्यसपछि गत डिसेम्बरमा भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए । तर भूटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा यी दुवै अन्तिम टोलीमा अटाएनन् ।समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । सिंगल राउण्ड रोबिनको आधारमा प्रतिष्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपको १०औं संस्करणमा स्थान बनाउनेछ । नेपाली टोली देशको सबैभन्दा ठूलो चाढमा मैदानमा नै तयारी गर्दै यसपल्ट यो अवसर खेल जान नदिने लक्ष्यमा छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को योजनाअनुरूप नै खेलाडी पनि प्रशिक्षण नरोक्न तयार भएका हुन् । यससँगै उनीहरूको दशैं सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । शनिबार सार्वजनिक भएको यु–१७ टोलीको तीन गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका छन् ।

डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु बिक छन् । मिडफिल्डरमा रवीना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भुमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाल छनोट भए । फरवार्ड अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगरले स्थान बनाए ।