४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा
अ+ अ-

ढोरपाटन, (बागलुङ) । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् ।

हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् । व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताउनुभयो ।

तीन दिन हिँडेर बागलुङ आइपुग्नुभएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताउनुभयो । तीन सय च्याङ्ग्रा लिएर आउनुभएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाउनुभयो । आफूहरूले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उहाँको भनाइ छ । हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउनुहुन्छ ।

“भदौ महिनामै व्यापारीहरू गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्षनै बैना दिएर आएका हुन्छन्, उनीहरूले गोठमा सस्तोमै पाउँछन्, बजार पुर्याउँदा महँगो पर्छ, किनकि गाडीमा ढुवानी गरेर भाडा तिर्नुपर्छ, बाटोमा हिडाउँदै लिए पनि खर्च धेरै हुन्छ”, उहाँले भन्नुभयो, “सहरबजारका मान्छेले हिमाली च्याङ्ग्रा खुब मन पराउँदा रैछन्, दसैँमा त ठूलो सङ्ख्यामा च्याङ्ग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दु:ख छ ।”

च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताउनुभयो । सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताउनुभयो । च्याङ्ग्रा व्यापारबाट नौ जनाको परिवार चलाएको उहाँको भनाइ छ । च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भन्दै हिउँचितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढा बताउनुहुन्छ ।

आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै बर्सेनि मूल्य बढ्दै गएको उहाँको भनाइ छ । आफूले सुरुमा रु १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्याङ्ग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बुढामगरले बताउनुभयो । चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढी हुने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जति टाढा पुर्याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वाभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नुपर्छ, हिँडाउँदै लैजाँदा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपालि पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेकोबढ्यै छ, बाहिरी व्यापारीले गर्दा च्याङ्ग्राको मूल्य बढेको हो, गोठालाले नै ल्याउने हो भने त्यति धेरै पर्ने थिएन ।”

मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन् । दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताउनुभयो । आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौँमा च्याङ्ग्रा व्यापार गर्दै आएको सुनाउनुभयो ।

च्याङ्ग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन् । जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आबद्ध छन् । उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्याउने गर्छन् । रासस