५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप



अ+ अ-

दमौली, (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो ।

‘दृष्टिविहीन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी रु एक लाख ६५ हजार ९५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उहाँले बताउनुभयो ।

सङ्कलित रकममध्ये रु ५४ हजार ५०० मा ल्यापटप खरिद गरिएको छ । बाँकी रु एक लाख ११ हजार ४५० मध्ये रु एक लाख आलेको खातामा जम्मा गरिएको छभने रु ११ हजार ४५० नगद शनिबार निजको घरमा पुगेर ल्यापटपसहित हस्तान्तरण गरिएको छ ।

आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले रु ५१ हजार ५५६ सहयोग गर्नुभएको थियो । रासस