३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिड डर्बीः एट्लेटिकोसँग रियलको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग रियल २–५ गोलले स्तब्ध बनेको हो । खेलको पहिलो हाफमा २–२ गोलको रोमाञ्चक प्रतिस्पर्धा भइरहेको खेलमा दोस्रो हाफमा घरेलु टोलि एट्लेटिकोले थप तिन गोल गर्यो ।

१४ औं मिनेटमा रोबिन ले नोर्मान्डले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा आर्दा गुलेरले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर सोर्लोथले गोल गर्दै घरेलु टोलिलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि ५१ औं मिनेटमा पेनाल्टीमार्फत तथा ६३ औं मिनेटमा युलियन अल्भारेजले गोल गर्दा एट्लेटिको ४–२ ले अघि बढ्यो । इन्जुरी समयमा एन्टोनि ग्रिजमनले गोल थप्दै टोलिलाई ५–२ को जित दिलाए ।

यो नतिाजापछि रियल ७ खेलबाट १८ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । उसको यो पहिलो हार हो । एट्लेटिको भने १२ अंकका साथ चौंथो स्थानमा छ ।




भर्खरै