६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिड डर्बीः एट्लेटिकोसँग रियलको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग रियल २–५ गोलले स्तब्ध बनेको हो । खेलको पहिलो हाफमा २–२ गोलको रोमाञ्चक प्रतिस्पर्धा भइरहेको खेलमा दोस्रो हाफमा घरेलु टोलि एट्लेटिकोले थप तिन गोल गर्यो ।

१४ औं मिनेटमा रोबिन ले नोर्मान्डले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा आर्दा गुलेरले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर सोर्लोथले गोल गर्दै घरेलु टोलिलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि ५१ औं मिनेटमा पेनाल्टीमार्फत तथा ६३ औं मिनेटमा युलियन अल्भारेजले गोल गर्दा एट्लेटिको ४–२ ले अघि बढ्यो । इन्जुरी समयमा एन्टोनि ग्रिजमनले गोल थप्दै टोलिलाई ५–२ को जित दिलाए ।

यो नतिाजापछि रियल ७ खेलबाट १८ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । उसको यो पहिलो हार हो । एट्लेटिको भने १२ अंकका साथ चौंथो स्थानमा छ ।