२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १४९ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको योगफल बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए ।

उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन र कप्तान अकिल होसेनले एक विकेट लिए । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप बिजेता वेष्ट इन्डिजविरुद्ध खेल्न लागेको हो ।

अर्को सातादेखि ओमानमा हुने आइसिसी टी-ट्वान्टी एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्टइन्डिजसँग टी-२० अन्तरराष्ट्रिय खेलको ‘सिरिज’ खेल्न लागेको हो ।