३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह



अ+ अ-

सुदूरपश्चिम। जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिई सुरक्षित, शान्तिपूर्वक तथा मर्यादित भई चाडपर्व मनाउन सबैलाई अनुरोध गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै मादक तथा नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झैझगडालगायत कार्यगरी शान्तिसुरक्षालाई असर पार्ने, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुको ढुवानी, बिक्रीवितरण तथा प्रयोग नगर्न/नगराउन आग्रह गरेको हो ।

सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, तोकिएकोभन्दा बढी भाडा असुल उपर नगर्न र ट्राफिक नियमको पालना गर्न पनि सूचनामा आग्रह गरिएको छ । रासस




भर्खरै