४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो
अ+ अ-

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो । एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उहाँले बताउनुभयो ।

पर्यटन दिवसका अवसरमा इन्द्रबक्स गणका कलाकारले बाजागाजासहित हवाईमार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गर्नुभयो । हवाई यात्रुलाई यहाँस्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् ।

दिवसका अवसरमा पर्यटकसँग संवाद, मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइएको थियो । एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका(४ घाँसास्थित एक्याप चेक पोष्टमा सडकमार्गबाट मुस्ताङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको थियो ।

एक्यापका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधिलगायतले पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले बताउनुभयो । पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(५ लोमान्थाङमा पनि विदेशी पर्यटकका लागि स्वागत कार्यक्रम आयोजना गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सहकार्य र समन्वय गरेका छन् । स्वागत कार्यक्रममा पर्यटकलाई न्यानो आतिथ्यता प्रकट गर्दै उपल्लो मुस्ताङको पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराइएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण प्रभावित बनेका यहाँका पर्यटन व्यवसायीमा पर्यटनको आगमन हुन थालेसँगै पुनः चलायमान हुनेमा आशावादी बनेका छन् । प्रतिकूल मौसम र जेनजी प्रदर्शनका कारण यहाँका पर्यटन व्यवसाय सुस्ताइरहेका अवस्थामा शुक्रबारदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । आज समिट एयरलाइन्सको जहाजले तेस्रो मुलुकका पर्यटक बोकेर तीन वटा उडान भरेको एयरलाइन्सका स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिनुभयो ।

यहाँ आइपुगेका विदेशी पर्यटकलाई स्थानीय पर्यटन व्यवसायी र सरोकार भएकाहरूले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका उहाँको भनाइ छ । मुस्ताङमा हवाई सेवा सुरु भएकाले पर्यटन व्यवसायीमा आशाको सञ्चार पलाएको उहाँले उल्लेख गर्नुभयो ।