१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

पुनः गति लिँदै मेलम्ची खानेपानी आयोजना

पुनः गति लिँदै मेलम्ची खानेपानी आयोजना
अ अ+ अ-

काठमाडौँ । ‘लकडाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन सकेको थिएन । अहिले मजदूर आउन थाले र निर्माण सामग्रीका लागि प्रशासनले पास उपलब्ध गरेकाले निर्माणको काम अघि बढेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताउनुभयो । सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेपछि यहाँ कामका लागि वातावरण बनेको हो । ‘लकडाउन’ पहिले यहाँ काम गरिरहेका झण्डै ४० जना दोलखाका कामदार घर फर्किएका छन् । ती बाहेक कतिपय टाढाका जिल्लाका र कतिपय स्थानीय कामदार काममा लागेकाले अहिले निर्माण स्थलमा झण्डै दुई सय कामदार कार्यरत छन् । उहाँले भन्नुभयो, “गत सातादेखि नै नियमित रुपमा नै काम भइरहेको छ ।”

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको दुई साता पहिलेको बैठकले आयोजनामा सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएकाले काम अघि बढीरहेको सिनियर डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । यहाँको निर्माणलाई आवश्यक पर्ने गिटिका लागि प्रशासनले क्रसर उद्योग समेत सञ्चालनको अनुमति दिएको थियो । उहाँले भन्नुभयो, “१२ ट्रकलाई अनुमति दिइएकामा तीनले विभिन्न स्थानबाट निर्माण सामग्री ल्याइरहेका छन् ।”

आयोजनाले यहाँको निर्माणलाई प्रशोधन केन्द्र, हेडबक्स र सुरुङमार्ग गरी तीन भागमा विभाजन गरेको छ । जसमध्ये सुन्दरीजलमा दुवै प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेर परीक्षण भइरहेको छ । अहिले सुरुङ भित्र पनि निर्माणका धेरै काम सकिएकाले अन्तिम काम (फिनिसिङ) भइरहेको छ । अहिले सुरुङ भित्र गेटको काम, भित्तामा रड खुसार्ने काम र ती कतिको बलिया छन् भन्नेबारे अध्ययन भइरहेको छ । हेडबक्समा आवश्यक काम भइरहेको र सुन्दरीजलको प्रशोधन केन्द्रसम्म ल्याइने पाइप निर्माणको काम अघि बढेको छ । उहाँले भन्नुभयो, “हेडबक्समा काम बाँकी भएकाले त्यहाँ नियमित भइरहेको छ ।”

सङ्घीय सरकारले थोरै समयमै सम्पन्न हुनसक्ने आयोजनाका रुपमा निर्माण अघि बढाउने निर्णय गरेपनि स्थानीयवासी र हेलम्बु गाउँपालिकाले भने निर्माणस्थलमा हुने ओहोरदोहोरका कारण स्वास्थ्य जोखिममा हुने भन्दै चासो देखाइरहेका छन् । ‘लकडाउन’ घोषणा हुनासाथ महिला समूह निर्माण रोक्न भन्दै निर्माणस्थल पुगेको थियो । उनीहरुसँग वार्ता गरेर निर्माण अघि बढीरहेको थियो । बुधबारदेखि गाउँपालिकाको वडा नम्वर ४ ले निर्माणस्थलको प्रवेशद्वारमै तालाबन्दी गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले अत्यावश्यक खाद्यन्न र एम्बुलेन्स बाहेकका सवारीसाधन चल्न नदिने निर्णय गरेको थियो । सोहीअनुसार वडा कार्यालयले आफ्नो क्षेत्रमा अरु सवारीसाधन प्रवेशमा रोक लगाएको हो । निर्माण सामग्री हुँदा नियमित रुपमा काम गर्न कठीन नभएपनि निर्माण सामग्री ल्याउन स्थानीय सरकारको अवरोध आउने गरेको सिनियर डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सिमेन्ट लिन जाँदा त्यता रोकिने त कहिले निर्माणस्थल छिर्न कठीनजस्ता समस्या आइरहेको छ ।”

निर्माणस्थलमा रहेका सामग्री कति बाँकी छ भन्ने यकिन नभएपनि ती सामग्रीबाट केही समयसम्म काम गर्न सकिने बरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । निर्माण कम्पनीले यहाँ रहेका सबै चिनियाँ र उपलब्ध नेपाली कामदारलाई काममा लगाइरहेको छ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । ‘लकडाउन’ पहिले केही चिनियाँ घर फर्किए पनि अधिकांश चिनियाँ निर्माणस्थलमै कार्यरत छन् । अहिले चिनियाँ दक्ष कामदार झण्डै ४० देखि ५० जनासम्म निर्माणस्थलमा रहेका छन् । उहाँले भन्नुभयो, “लकडाउनको शुरुदेखि अहिलेसम्म चिनियाँ नियमित काम गरिरहेका छन् ।”

नयाँ निर्माण कम्पनीले नियमित रुपमा गर्दै आएको कामको गतिका आधारमा आगामी असारसम्मम उपत्यकामा मेलम्चीको पानी आइपुग्ने आयोजनाले बताउँदै आएको थियो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले केही महिना पहिले श्वेतपत्र जारी गर्दै असारसम्ममा पानी आइपुग्ने प्रतिबद्धता जनाउनुभएको थियो । तत्काल काम पहिलेकै गतिमा गर्न सकेमा अहिले पनि लक्षित समयमै काम सकिने उहाँले बताउनुभयो । अहिलेसम्म पनि काममा धेरै ढिला नभएकाले प्रशासनले र स्थानीय तहले सहयोग गर्दा अझै पनि असारमै काठमाडौँमा पानी झार्ने सम्भावना छ । उहाँले भन्नुभयो, “अझै तीन महिना बाँकी भएकाले सरकारले विशेष महत्व दिएर काम गर्ने वातावातरण बनाउँदा गर्न सकिन्छ ।”

आयोजना यस अघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै दुई सयले काम गर्दै आएका थिए । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।