४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जेनजी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग

जेनजी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग
अ+ अ-

सुरुङ्गा । जेनजी प्रदर्शनका क्रममा सहिद हुनुभएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर(मेन्स रुम रिलोडेड) टिमले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सहिद हुनुभएका राजवंशीको परिवारलाई रु ५० हजार सहयोगसहित प्रदर्शनमा घाइते भएका अन्य नौ जनालाई एमआरआरले आर्थिक सहयोग गरेको हो ।

प्रदर्शनका क्रममा घाइते भएकामध्ये आठ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३० हजारका दरले सहयोग तथा एक जना घाइतेलाई रु २० हजार प्रदान गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिनुभयो ।

एमआरआर टिम कोरियाका सुजन उप्रेतीको संयोजनमा बनेको उल्लेख गर्दै उहाँले त्यहाँ रहने नेपालीद्वारा सङ्कलित रकम सहिद तथा घाइतेको परिवारलाई प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार एमआरआर टिम कोरियाले झापाका सहिद तथा घाइते परिवारलाई रु तीन लाख २० हजार वितरण गरेको छ ।

आज बिर्तामोड–५ का सुनिल तामाङलाई आर्थिक सहयोग गर्दै एमआरआर कोरियाले परिलो चरणको कार्यक्रम सम्पन्न गरिएको बताउँदै दसैँंलगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा एमआरआर झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ सहभागी हुनुभएको थियो । कोरियाको समन्वयमा एमआरआर टिमले गरेको सहयोग कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक जोशीले प्रदर्शनका क्रममा घाइते भएकालाई आफूहरूले अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेको बताउनुभयो । अस्पतालबाट घर पठाइएकलाईसमेत घरघरमा पुगेर आर्थिक सहयोग गरिएको उहाँको भनाइ छ ।

सहिद राजवंशीलाई रु ५० हजार, गोली लागेर घाइते हुनुभएका सुमित शाहलाई रु २० हजार सहयोग गरेको छ, भने अन्य सबै घाइतेको उपचारका लागि जनही रु ३० हजारका दरले आर्थिक सहयोग गरिएको एमआरआरले जनाएको छ ।

एमआरआरले सुसान रनापहेँली, रिजन दाहाल, राजेश पोर्टेल, सुरेश खड्का, मस्ताकिन मियाँ, अनित तामाङ, सुनिल तामाङ र विवेक दुनुवारलाई आर्थिक सहयोग गरेको छ । कोरियाबाट प्राप्त रकमको कुनै पनि अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको कार्यक्रम संयोजक जोशीले बताउनुभयो ।

प्रदर्शनका क्रममा सहिद वा घाइते हुनुभएका अन्य कोही व्यक्तिको परिवारलाई आर्थिक सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्नसमेत उहाँले अनुरोध गर्नुभयो । एमआरआर टिम कोरियाले झापासहित देशका अन्य जिल्लामा पनि सहयोग रकम वितरण गरेको जनाएको छ ।