४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक



अ+ अ-

काठमाडौं। आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ।

यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ। भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्।

भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।

यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।

निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।