२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण नेगेटिभ, २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आए डिस्चार्ज हुने



अ+ अ-

काठमाडौं । गत चैत ४ गते कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण कोरोना नेगेटिभ देखिएको छ। अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो।

यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो। आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ।

संक्रमितको नतिजा नेगेटिभ आए फेरि २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आउनुपर्छ। अनि मात्र विरामीलाई डिस्चार्ज गर्न सकिने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल उनले भने।

अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ। महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए।