२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गर्नुभएको छ ।

जेन—जी आन्दोलन पछि पहिलो पटक शनिवार भक्तपुरका गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकतावद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्ति र देशवासीलाई आह्वान गर्नुभयो । एमालेका कार्यकताहरुको घर जलेको, ठूलो क्षति भएको भएपनि एमाले कार्यकर्तालाई हरेश नखान ओलीको आग्रह थियो । उहाँले मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा (एमाले)का कार्यकर्ताहरुलाई भन्न चाहन्छु– घर जले । कतिपय ठूलो क्षति भयो एउटा परिस्थितिमा । तर हरेश नखानु । एमालेले नै यो यस देशलाई फेरि सही बाटोमा फर्काउने । त्यसकारण म एमालेका साथीहरुलाई हरेश नखान आग्रह गर्न चाहन्छु । सिंगै देशवासीलाई आग्रह गर्न चाहन्छु–हरेश नखानुस् । सबैलाई भन्न चाहन्छु–संयम अपनाउन यतिबेला । र, आक्रोश, रिसराग,  वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ । समझदारी चाहिएको छ । त्यसअनुसार अगाडि बढौं । आग्रह गर्न चाहन्छु ।’  

अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताउनु भयो ।