१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

लकडाउनको बेला कालोबजारी, अग्रवाल सुवास ‘सुलभ’ भएपछि मुद्दा कमजोर

लकडाउनको बेला कालोबजारी, अग्रवाल सुवास ‘सुलभ’ भएपछि मुद्दा कमजोर
सुलभ अग्रवाल
अ अ+ अ-

कोरोना संक्रमणको त्रास तथा लकडाउनको मौका छोपेर कालोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वालबाट छिरेर अग्रवाललाई कारबाहीबाट जोगाउन शुरूदेखि नै मुद्दालाई कमजोर बनाउने प्रपञ्च रचिएको छ । चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको भन्ने कुरा प्रहरीबाटै सार्वजनिक भएको भए पनि अग्रवाल पक्राउपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र कारबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम सजाय गराउने प्रपञ्चको रहस्योद्घाटन भएको छ ।

अदालतबाट गए पाँच वर्षसम्मको जेल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कैद सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो । सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी पक्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको रहस्य खुलेको थियो । सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई बचाउन राजनीतिक कसरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई बचाउन हात धोएरै लागेपछि कारबाहीको स्वरुप नै बदलियो ।

प्रहरीको ‘स्टिङ अप्रेसन’बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक दबाब परेकाले मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ । प्रहरी भ्यानको सिसासमेत तोडफोड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घटना भएकाले अग्रवाललाई मुक्त नगर्न नसके पनि कारबाही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । पक्राउ गर्दा प्रहरीलाई ‘म को हुँ, चिनेको छ’ भनेर प्रहरीमाथि नै दुव्र्यवहार गर्ने उनीमाथि अहिले सहानुभूति बर्सिएको छ ।

स्रोतले भन्यो– ‘महानगरीय अपराध महाशाखाले पक्राउ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल गन गायब बनाउनेदेखि मुद्दाको प्रकृतिमा समेत चलखेल भएको छ । जसका कारण अग्रवालमाथिको अनुसन्धान नै फितलो बन्दै गएको छ ।’ अग्रवालले बेपत्ता पारेको अन्य थर्मल गनकाबारे प्रहरी अझै बेखबर छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भने प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको बताए । उनले प्रहरीले आफ्नो काम गरिरहेको छ, बाहिर हल्लामा आएजस्तो अनुसन्धानमाथि नै शंका गर्नुपर्ने ठाउँ नरहेको दाबी गरे।

उनले भने– ‘अहिले अनुसन्धानकै क्रममा रहेको घटनामा धेरै बोल्नु उपयुक्त हुँदैन । यद्यपि के भन्न सकिन्छ भने हामीले अनुसन्धान गरिरहेका छौं ।’ बाहिर अनुसन्धानमा शंका उब्जिएकोबारे उहाँले थप्नुभयो– ‘कसले के शंका गरेका छन्, किन शंका गरेका छन्, उनैलाई गएर सोध्नुहोला, हामीले हाम्रो काम गरिरहेका छौं ।’ सुलभले एयरपोर्टको भन्सार कार्यालयमा बीजक बुझाएअनुसार चीनमा २० डलर तिरेर ल्याएको थर्मोमिटर १५ हजार रुपियाँमा ग्राहक बनेर प्रस्तुत भएका प्रहरीलाई नै बेचेका थिए । चैत २५ गते रंगेहात पक्राउ परेका उनलाई बैशाख २ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पाँच दिनको म्याद थपेर कारबाही चलाएका थिए । नेपाल समाचारपत्र दैनिक