२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा गाउँ फर्किनेको लर्कोः पहिरो र अग्रिम टिकटको व्यवस्था नहुँदा समस्या भएको यात्रुहरुको गुनासो



अ+ अ-

काठमाडौ । नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएसँगै गाउँ फर्किनेहरुको लर्को लागेको छ ।

काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडिबुटी लगायतका क्षेत्रमा मानिसहरु गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दशैँमा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ ।

दशैँ नेपालीहरुको महान चाड भएकाले पनि काठमाडौंलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरु आफ्नो गाउँ फर्किरहेका छन् । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । विपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरु गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ ।

यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ । विगतका वर्षहरुमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहेपनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए । केही यात्रुहरुले रिजर्भमा गएका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् ।