काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् ।
कांग्रेस नेतृसमेत रहेकी राणाले काठमाडौं र ललितपुरस्थित दुवै स्कूलबाट राजीनामा दिएकी हुन ।
अभिभावकको बैठकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट राणाले राजीनामा दिएको जानकारी गराइएको एक अभिभावकले जनाए ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएपछि विद्यालयले हाल अनलाइनबाट कक्षा संचालन गरिरहेको छ ।
विद्यालयले पूर्णरुपमा फेस टु फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।










