४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा
अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।

“नगर क्षेत्रमा अस्पताल नभएकाले आकस्मिक अवस्थामा स्वास्थ्यचौकीमै भर पर्नुपर्ने बाध्यता छ, त्यसैले दसैँ बिदामा पनि चौकीमा २४सै घण्टा सेवा निरन्तर गर्ने निर्णय गरेका हौँ”, नगरप्रमुख ओझाले भन्नुभयो ।

सरकारी कार्यालयहरू चाडपर्वमा बन्द भए पनि स्वास्थ्य सेवा भने निरन्तर रूपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । स्वास्थ्यचौकीका इन्चार्ज वंशीराज भट्टका अनुसार आकस्मिक उपचार र प्रसूति सेवाका लागि आवश्यक स्वास्थ्यकर्मीको ड्युटी तालिका मिलाइसकिएको छ । उहाँले भन्नुभयो, “गत वर्ष पनि दसैँमा चौकीको सेवा खुला राखिएको थियो, यसपटक पनि निरन्तरता दिँदैछौँ ।”

नगरपालिकाले यस्तो व्यवस्था गरेपछि दसैँको समयमा हुने दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूति हुने महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । उपचारका लागि नगरवासीलाई अब टाढा महेन्द्रनगर, अत्तरिया वा धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

कृष्णपुर नगरपालिकाले विसं २०७९ असार १ गतेदेखि स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । चाडपर्वका बेला पनि स्वास्थ्यचौकीका सेवालाई निरन्तरता दिने कार्यबाट स्थानीय बासिन्दाले सन्तुष्टि व्यक्त गरेका छन् । रासस