४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता
अ+ अ-

सिरहा। बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ ।

‘मिथिलाको सान, मैथिलीको पहिचान’ भन्ने नारासहित मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारको श्रीदुर्गा मन्दिर प्राङ्गणमा आयोजित नवरात्रि महोत्सवअन्तर्गत यो प्रतियोगिता घटस्थापनाको दिनबाट प्रारम्भ भएको हो ।

श्रीश्री १०८ श्री नवरात्रि महोत्सव मेला समितिद्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य मैथिली संस्कृतिको जगेर्ना गर्नु रहेको मेला समितिका अध्यक्ष किसुन साहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन् ।

उनीहरूले देवी दुर्गाप्रति भक्ति प्रकट गर्दै मैथिली परम्पराको जीवित झल्को दिने नृत्य प्रस्तुत गरिरहेका छन् । उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिने अध्यक्ष साहले बताउनुभयो ।

साहका अनुसार सदरमुकाम सिरहामा पहिलोपटक झिझियाँ फेस्टिभलको शृङ्खला २०७० सालमा सुरु गरिएको थियो, जसको निरन्तरता २०७३ सालसम्म प्रतियोगितात्मक स्वरूपमा दिइएको थियो । अहिले भने मिथिला क्षेत्रका विभिन्न गाउँपालिका तथा नगरपालिकामा यसलाई उत्सवकै रूपमा विस्तार गरिएको छ ।

परम्पराअनुसार कलशयात्राको राति ९ः०० बजेदेखि झिझियाँ नृत्य सुरु हुन्छ । सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा प्रचलित यस लोकनृत्यलाई कुनै जाति विशेषसँग मात्र नभई सम्पूर्ण मैथिली समुदायको सांस्कृतिक सम्पदा मानिन्छ ।

धामीको मन्त्रसहित ‘छेकबार’ गरेर नृत्य प्रारम्भ गरिन्छ, जहाँ युवतीहरू टाउकामा आगो बलिरहेको घैँटो राखेर नाच्दै ब्रह्मस्थानसम्म पुग्छन् । त्यहाँ डीहिवार (मन्दिर)को पूजा गरेर झिझियाँको औपचारिक सुरुआत हुन्छ ।

मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो । यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

मेला समितिका अध्यक्ष साहका अनुसार मिर्चैयामा घटस्थापनादेखि नै मेला सुरु भई सप्तमीदेखि एकादशीसम्म सञ्चालन हुने परम्परा रहेको छ । विशेषगरी अष्टमीका दिन बोकाबलि प्रदान गरिन्छ भने नवदुर्गाको पूजापाठ र भाकलबाट मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । रासस