४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ सेवाग्राही लाभान्वित

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ सेवाग्राही लाभान्वित
अ+ अ-

खोटाङ। साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा पाँच सय ८२ जना लाभग्राहीले सेवा लिएका छन् ।

ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि गाउँमा पुगेर सेवा दिने उद्देश्यले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो ।

पालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । पालिकाले चाडपर्वको पूर्वसन्ध्यामा गाउँमा शिविर आयोजना गरेर भत्ता वितरण गरेपछि लाभग्राही हर्षित भएका छन् ।

साकेला–१ बाँझेच्यानडाँडाका एक सय ७८ जनालाई रु ३८ लाख २१ हजार, वडा नं २ रतन्छाका एक सय २३ जनालाई रु १८ लाख ५८ हजार, वडा नं ३ खिदिमाका ८८ जनालाई रु १३ लाख ३७ हजार, साकेला–४ मात्तिमका ७९ जनालाई रु १२ लाख ५९ हजार र साकेला–५ मात्तिमविर्ताका एक सय १४ जना लाभग्राहीलाई रु १८ लाख ८८ हजार वितरण गरिएको राईले जानकारी दिनुभयो ।

कतिपयले बैंकको मानेभञ्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् । गाउँपालिकाले नेपाल एसबिआई बैंकको साकेला शाखासँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिनसक्ने गाउँपालिकाले जनाएको छ । बैंकिङ प्रणालीमार्फत त्रैमासिक रूपमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्तालाई पालिकाले पहिलादेखि वडावडा पुगेर वितरण गर्दै आएको छ ।

भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन समस्या हुने भएकाले घर पायकमा शिविर सञ्चालन गरेर वितरण गरिएको गाउँपालिकाका प्रमुख रविप्रकाश राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा साकेला गाउँपालिकाले सबैभन्दा पहिले लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।

कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) यो गाउँपालिकामा मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षाभत्ता दुरूपयोग गरेको छानबिनका क्रममा फेला परेको थियो । रासस