२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि भाटभटेनी सुपरमार्केट खुल्ने



अ+ अ-

काठमाडौं । भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर सुक्रबारदेखि खुल्ला गर्ने निर्णय गरेको छ । ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । पौडेलका अनुसार कोरोना भाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने निर्णय भएको हो ।

उनका अनुसार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ । तर, स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने छ । उनका अनुसार राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहनेछ ।

तर, नक्शालमा रहेको पुरनो सुपर मार्केटले भने यस अघि पनि अफिर पौडेलले भने अनुसार नै ग्राहकलाई सेवा दिँदै आएको थियो । हरेक दिन ग्राहकले घण्टौं लाइनमा बसेर सामान किन्ने गरेका थिए ।