१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा
अ अ+ अ-

कञ्चनपुर । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य शुरु गरिएको अख्यिारको उक्त कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए । खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशङ्का गरिएको थियो ।

महाकाली अस्पतालले चैत १६ गते बोलपत्र आह्वान गरेको भएता पनि बोलपत्र स्वीकृतिको प्रक्रिया अस्पताल खरिद एकाइ तथा मूल्याङकन समितिको हुने हुँदा बोलपत्रसम्बन्धी व्यवस्थापन समितिलाई जानकारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।
बोलपत्र प्रक्रियामार्फत चैत २९ गते महाकाली अस्पताललाई प्राप्त भेन्टिलेटर सन् २०१५ को पुरानो मोडलको छ । भेन्टिलेटरसहितका उपकरण तथा सामग्री आपूर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले ठेक्का सम्झौताअनुसार रु ५३ लाखमा उपलब्ध गराएको हो । पुरानो मोडलका प्रयोग भइसकेका भेन्टिलेटरसहितका उपकरण अस्पतालमा पुगेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले निरीक्षण गर्दै अस्पतालका लागि ल्याइएका उपकरण पुराना रहेको ठहर गरेको थियो ।

मन्त्रालयका बायोमेडिकल इञ्जिनीयर हरेन्द्र चटौतको नेतृत्वमा आएको प्राविधिक टोलीले भेन्टिलेटर सन् २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्वीलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेपट्टिको भागमा ७/८ सेन्टिमिटर कालो दाग, एक घण्टा ब्याकअप दिने ब्याट्री नभएको औँल्याएको थियो । यसैगरी, टोलीले डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयरअनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसनअनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको जनाएको छ ।