४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सञ्चारमन्त्री खरेलद्वारा जनेजी प्रदर्शनका घाइतेसँग भेट

सञ्चारमन्त्री खरेलद्वारा जनेजी प्रदर्शनका घाइतेसँग भेट
oplus_0
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गर्नुभएको हो ।

अस्पतालमा पुगरे घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उहाँले घाइतेहरुका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री खरेलले जेनजी प्रदर्शनको जगमा बनेको सरकारले सहिद र घाइतेहरुको मागअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“अहिलेको हाम्रो प्राथमिकता घाइते हुनुभएका सबै जना छिटो निको भई घर फर्किनुहोस भन्ने हो । त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा केके गर्न सकिन्छ, हामी सोच्दैछौँ”, मन्त्री खरेलले भन्नुभयो, “हामी सबै मन्त्रीहरु एकै पटक आएका छैनौँ । फरक फरक समयमा आएर घाइतेहरुको अवस्था बुझिरहेका छौँ । यसो गर्दा घाइतेहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनसँगै मन्त्रिपरिषद्मा यस विषयमा खबर पुर्याउने हाम्रो उद्देश्य हो ।”

आफूहरुलाई भेट्न अस्पतालको शय्यासम्म आइपुग्नु भएका मन्त्री समक्ष घाइतेहरुले सबै जनेजीको योगदानलाई स्मरण गर्दै मागहरुको कार्यान्वयन गर्न सुझाव दिएका छन् । जेनजी प्रदर्शनमा घाइते हुनुभएका रवि भण्डारीले जेनजीको बलिदानलाई नबिर्सिन आग्रह गर्नुभयो ।

“आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको योगदानलाई खेर जान नदिन देशलाई निकास दिनुप(यो”, सिन्धुलीका २९ वर्षीय भण्डारीले मन्त्री खरेलसमक्ष भन्नुभयो, “म परिवारको जेठो छोरो हुँ । मैले पठाओे गरेर परिवारको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । अहिले म अस्पतालको शय्यामा छु । मेरो भविष्यसँगै परिवारको आर्थिक अवस्था धराशयी भएको छ ।”

सोही अस्पतालमा उपचाररत १८ वर्षीय सुनिल थापाकी आमा कुसुदेवी थापाले घाइतेको पक्षमा सरकारबाट सहयोगको अपेक्षा राख्नुभयो । “जापान जाने तयारीमा थियो छोरो । अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा छ”, आमा कुसुदेवीले भन्नुभयो, “छोरोलाई हिँड्नसक्ने बनाइदिनुपर्यो । घाइतेहरुका लागि सरकारले केही गर्दिनुप(यो ।”

जेनजी प्रदर्शनमा घाइते भई अस्पताल पुगेका  दुई हजार ३१६ जनामध्ये उपचार पश्चात दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरु विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार उपचाररत घाइतेहरुको सङ्ख्या ५६ रहेको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै हाल सात घाइते उपचाररत छन् ।