४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डेङ्गी संक्रमण उतारचढाव: महानगरपालिकाले लार्भा नष्ट गर्ने अभियानलाई दियो निरन्तरता

डेङ्गी संक्रमण उतारचढाव: महानगरपालिकाले लार्भा नष्ट गर्ने अभियानलाई दियो निरन्तरता
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पछिल्ला वर्षमा डेङ्गी संक्रमणमा उतारचढाव देखिएको छ । महानगरले संक्रमण नियन्त्रणका लागि लार्भा खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

सन् २०२२ मा महानगर क्षेत्रमा २ हजार ९७३ जनामा डेङ्गी संक्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ मा सीमित भए पनि २०२४ मा फेरि बढ्दै २ हजार ८४ मा पुगेको तथ्यांक सार्वजनिक गरिएको छ । यस वर्ष अर्थात् २०२५ को पुसदेखि अहिलेसम्म २४८ जनामा संक्रमण देखिएको महानगरले जनाएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार केवल काठमाडौँ जिल्लाभित्रै सन् २०२२ मा ९ हजार ८८६ जना, सन् २०२३ मा १ हजार ७१४ जना, सन् २०२४ मा २ हजार ९८४ जना र चालु वर्ष २०२५ को हालसम्म २२७ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार संक्रमितमध्ये धेरैजसो काठमाडौँमा बसोबास गर्ने व्यक्तिहरू रहेका छन् । तर, ठेगानामा पालिकाको नाम स्पष्ट नहुँदा स्थानीय तह अनुसारको तथ्यांक छुट्ट्याउन नसकिएको बताइएको छ ।

संक्रमण फैलन नदिन महानगरले लार्भा नष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । महानगरले सर्वसाधारणलाई पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र डेङ्गी रोकथामका उपायहरू अपनाउन आग्रह गरेको छ ।