४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तनावमा हुनुहुन्छ ? यसरी घटाउनुहोस्

तनावमा हुनुहुन्छ ? यसरी घटाउनुहोस्
अ+ अ-

काठमाडौँ । तनावले मन र शरीर दुवैलाई हानि पुर्‍याउने भएकाले यसलाई समयमै नियन्त्रण गर्नु आवश्यक छ । स्वास्थ्य विज्ञहरूका अनुसार निरन्तर तनाव लिनु धेरै रोग लाग्ने जोखिम बढाउने कारण बन्छ। त्यसैले दैनिक जीवनशैलीमै सन्तुलन ल्याएर तनावलाई नियन्त्रण गर्न सकिन्छ ।

विश्राम आवश्यक
काममा अत्यधिक व्यस्त हुँदा विश्राम लिन छुट्ने गरेको पाइन्छ। तर, पर्याप्त विश्राम नलिए तनाव बढ्ने विज्ञहरूको भनाइ छ ।

सामाजिक घुलमिल तनाव घटाउने
साथीभाइसँग भेटघाट गर्नु पनि तनाव कम गर्ने प्रभावकारी उपाय हो। रमाइलो कुराकानी र हाँसोखेलले मानसिक दबाब घटाउने चिकित्सकहरूको सुझाव छ ।

अनावश्यक विवादबाट टाढा
सरोकार नभएका विवादमा मुछिनु तनाव बढाउने कारण बन्ने भएकाले यसबाट टाढा रहनु उपयुक्त हुन्छ ।

विगत बिर्सन प्रयास गर्नुपर्ने
पुराना पीडादायी घटनामा रमाउनुभन्दा वर्तमान र भविष्यप्रति ध्यान केन्द्रित गर्दा तनाव कम हुने बताइन्छ ।

खुलेर हाँस्न सक्नुपर्छ
लाफ्टर थेरापी अर्थात् खुलेर हाँस्नु तनाव घटाउने प्रभावकारी माध्यम मानिन्छ। यसरी हाँस्दा शरीरमा ‘ह्यापी हर्मोन’ को स्राव हुने गर्दछ ।

मद्यपान र क्याफिन कम गर्न सुझाव
तनाव भुल्न मदिराको सहारा लिने धेरै भए पनि यसले समस्या थप्ने चिकित्सकहरूको भनाइ छ । अत्यधिक मदिरा सेवनले स्वास्थ्य र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्‍याउने देखिन्छ। त्यस्तै, कफी वा चियाजस्ता क्याफिनयुक्त पेयको अत्यधिक सेवनले पनि शरीर डिहाइड्रेट हुने र निद्रामा असर पुग्ने हुँदा तनाव झन् बढ्छ ।

भावुकतामा नियन्त्रण
सानासाना विषयमा अति भावुक बन्नु तनाव बढाउने कारक हुने भएकाले यसलाई नियन्त्रण गर्न सुझाव दिइन्छ ।

डाक्टरको सल्लाह लिनुपर्ने अवस्था
तनाव अत्यधिक बढ्दै गएको र निद्रामा असर परेको खण्डमा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ । समयमै उपचार नभए डिप्रेसन हुने जोखिम रहन्छ ।

पर्याप्त निद्रा र व्यायामको महत्त्व
स्वस्थ मानसिक अवस्थाका लागि दिनमा कम्तीमा छदेखि आठ घण्टासम्म सुत्नुपर्ने विशेषज्ञको सुझाव छ । त्यस्तै, योग र व्यायामले शरीरमा अक्सिजनको मात्रा बढाइ चिन्ता र तनाव हटाउन सहयोग गर्छ ।