८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीलाई हराउँदै आर्सनल शीर्ष चारमा, न्युक्यासलविरुद्ध चेल्सीको कठिन जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लेसटर सिटीलाई २-० गोलले पराजित गरेको हो । 

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको ११ औं मिनेटमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । आर्सनलका थोमस पार्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका हुन् । खेलको पहिलो हाफसम्म आर्सनल १-० गोलले अघि रह्यो । 

५९ औं मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पायो । जसलाई अलेक्जान्ड्र लाकाजेटले खेर जान दिएनन् । उनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा दुबै टिमले गोल गर्न प्रयास गरेपनि थप गोल भने हुन सकेन । 

जितसँगै आर्सनल पुनः अंकतालिकाको शीर्ष चारमा उक्लिएको छ । उसको २६ खेलबाट ५१ अंक छ । यता, पराजित लेस्टर भने २६ खेलबाट ३३ अंकसहित १२ औं स्थानमा छ । 

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा चेल्सीले कठिन जित निकालेको छ । चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० गोलले पराजित गरेको हो । 

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ८९ औं मिनेटमा काई हाभेट्र्जले गरे । 

२८ खेलबाट ५९ अंक जोडेको चेल्सी अंकतालिकाको तेस्रो स्थानमा यथावत छ । समान खेल खेलेको न्युक्यासल ३१ अंकसहित १४ औं स्थानमा छ ।