२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणको राहत बाँड्ने तयारी



अ+ अ-

झापा । झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका विपन्न समुदायलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लामा पहिलो चरणमा ३९ हजार ३६१ घरघुरीका एक लाख ६० हजार ४१३ व्यक्तिलाई सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन वितरण गरिएको थियो ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले दोस्रो चरणको राहत वितरणका लागि एक लाख २० केजी चामल, १० हजार केजी दाल, चार हजार लिटर तेल र चार हजार केजी नुनको बोलपत्र आह्वान गरिसकेको बताउनुभयो । उहाँका अनुसार अब चार हजार परिवारलाई राहत वितरण गरिनेछ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बन्दाबन्दी लम्बिएकाले नगर कोषबाट पुनः राहत वितरणको तयारी गरिएको बताउनुभयो । दाताहरुबाट समेत सहयोग आइरहेको उहाँले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि ६० हजार केजी चामल, सात हजार केजी दाल, पाँच हजार लिटर तेल, सात हजार केजी नुन र सात हजार साबुनको बोलपत्र आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताउनुभयो ।

मेची नगरपालिकामा बिहीबार भएको सर्वदलीय बैठकले दोस्रो चरणको राहत वितरणका लागि नगरलाई आग्रह गरेको छ । नगरमा मेची अभियानलगायतका सामाजिक संस्थाहरुले सङ्कलन गरेका सहयोग नगरपालिकामा बुझाएका छन् ।