४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नर्गीका ५३ दलित परिवार शौचालयविहीन

नर्गीका ५३ दलित परिवार शौचालयविहीन
अ+ अ-

सिरहा । यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा शौच गर्न जान बाध्य छन् ।

नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चारवटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो । ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन ।

बस्तीका ५० वर्षीय हरिचन्द्र सदाय भन्नुहुन्छ, “हामीसँग शौचालय बनाउने उपाय नै छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ । अहिले पनि अवस्था जस्ताको तस्तै छ ।” त्यस्तै स्थानीय महिला अनितादेवी सदाय भन्नुहुन्छ, “घरकै लागि ठाउँ छैन, शौचालय कहाँ बनाउने रु बनाउन चाहे पनि आर्थिक हैसियत छैन ।”

अर्की स्थानीय कुस्मीदेवी सदायका अनुसार शौचालय अभावमा बालबालिकाले सार्वजनिक स्थानमै दिसापिसाब गर्ने गर्छन् । “बस्ती नै दुर्गन्धित भएको छ । गल्ली र झाडीमा दिसा देखिन्छ । सर्प र बिच्छीको डर पनि उत्तिकै हुन्छ ।”

शौचालयमात्र होइन, यहाँ पानीको पनि चरम अभाव छ । खडौरियामा पाँचवटा हातेकलबाट २३ घरले पानी जोहो गरिरहेका छन् । लबटोलीमा एउटामात्र हातेपम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो । “पानीकै स्रोत छैन भने शौचालय कसरी प्रयोग गर्नु रु अस्पतालटोल र थानटोलका बासिन्दा अझै पनि टाढाटाढाबाट पानी ओसार्न बाध्य छन्”, क्लबका अध्यक्ष उमेश विसुङ्केले भन्नुभयो ।

शौचालय जडान गर्नु केवल संरचना बनाउनुमात्र नभएर त्यसको प्रयोग र सफाइ गर्न पर्याप्त पानी चाहिने भएकाले पहिले पानीको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विसुङ्केको भनाइ छ । गाउँपालिका र सम्बन्धित निकायले खानेपानीको समस्या समाधान नगरी सरसफाइ र शौचालयको कुरा गर्नु सतहीमात्र हुने उहाँको तर्क छ ।

बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीका परिवारसँग बस्नबाहेकको कुनै जग्गा नभएकाले शौचालय निर्माण गर्न समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बस्तीमा सार्वजनिक जमिनसमेत अभाव भएकाले सामुदायिक शौचालय बनाउने सम्भावना कठिन देखिएको छ ।” उहाँले अगाडि थप्नुभयो, “शौचालयको समस्या समाधान गर्न गाउँपालिकामा पटकपटक छलफल भएको छ । छिट्टै समाधानको बाटो खोजिनेछ ।”

सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा समेत नर्गीको दलित बस्ती शौचालयविहीन हुनु गम्भीर प्रश्न बनेको छ । नर्गीमात्र नभएर जिल्लाका अधिकांश दलित बस्तीमा शौचालय नरहेको कतिपयको भनाइ छ ।

बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले हुलाकी सडक नजिकैको यस्तो बस्तीमा अझै पनि शौचालय नहुनु लज्जास्पद र दु:खद् विषय भएको भन्दै यो समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शौचालय अभावले केवल असुविधा मात्र होइन, बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर पारिरहेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणका रोग र विषालु कीराको त्रासले बस्तीका बासिन्दाको जीवन झन् कष्टकर बनेको छ । सरकार र सरोकारवाला निकायबाट स्थायी, दिगो र समावेशी समाधानको स्थानीयवासी माग गर्दै आएका छन् । यद्यपि, उनीहरूको अवस्था अझै पनि सरकारी ध्यान र प्राथमिकताबाट टाढै देखिन्छ । रासस