१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

बादी समुदायलाई छाक टार्नै मुस्किल

बादी समुदायलाई छाक टार्नै मुस्किल
अ अ+ अ-

डोटी । लकडाउनका कारण बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा चलाउँदै आएकामा हाल घरमा खाद्यान्न अभाव भएपछि उनीहरु भोकै बस्नुपर्ने अवस्था गुनासो गर्छन् ।

दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षलय नजिकको सरकारी जमिनमा वर्षौँदेखि बस्दै आएका भूमिहीन सुकम्वासी बादी समुदायलाई छाक टार्नै मुस्किल हुँदै आएको छ । दैनिक ज्यालादारी काम तथा बजारमा सरसामान लोडअनलोड गरेर जीवन निर्वाह गर्दै आएका बादी समुदाय अहिले लकडाउनपछि निकै समस्यामा परेका हुन् ।

ज्यालाको काम तथा सवारी साधन बन्द भएपछि आफूहरुको भान्सामा चुलो बल्नसमेत मुस्किल हुन थालेको स्थानीय तेजबहादुर बादीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लकडाउनले बजारमा काम पाउनै छाड्यो, साँझ बिहानको खाना पनि कसरी खाने भन्ने चिन्तामा छौँ, हामी रोगले भन्दा पनि भोकले मर्ने भएका छौँ ।” जिल्लाका विभिन्न स्थानीयत तह तथा वडामा राहत वितरण गर्न थालिएको भए पनि आफूहरुलाई अहिलेसम्म कसैले पनि राहतसमेत नदिएको सोही टोलमा बस्ने अर्का २९ वर्षीय श्याम बादीले बताउनुभयो ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल पिपल्ला जोड्ने डा केआइसिंह राजमार्गमै बादी समुदाय बस्दै आएका भए पनि सोही सडकको बाटो भएर जानेहरुले अहिलेसम्म कसैले पनि उनीहरुको अवस्थाका बारेमा सोधपुछसमेत नगरेको बादीहरुको गुनासो छ ।

घरबार तथा जमिन नभएर सुकम्वासी भएका यहाँका बादीहरुलाई दिपायल सिलगढी नगरपालिकाले आवासका लागि केही महिना पहिले जमिन खरिद गरे पनि रकम नहुँदा उनीहरुले घरसमेत बनाउन सकेका छैनन् । कमाइखाने नाममा एक रोपनी जमिन पनि नभएका कारण बादी समुदायका व्यक्ति दैनिक मजदुरी गरी जीवनयापन गर्दै आएका थिए । लकडाउनका कारण मजदुरीको कामसहित उद्योग, बजारलगायत अन्य पसल बन्द भएपछि बादीहरुलाई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ भएको दिपायल पिपल्लाका स्थानीय रामबहादुर विष्टले बताउनुभयो ।

करिब पाँच घरपरिवार रहेको उक्त टोलमा कम्तीमा पनि १२÷१५ जना बादी बस्दै आएका छन् । घरमा खानेकुरा नभएका कारण आफ्ना छोराछोरी दुई दिनदेखि एक छाक खाएर बसेको अर्का स्थानीय गणेशबहादुर बादी (दास) ले बताउनुभयो । बजारमा पछिल्लो समय भित्रिएका प्लाष्टिकका आधुनिक भाँडाका कारण बादी समुदायले बनाउँदै आएका माटाका भाँडासमेत बिक्री वितरण हुन बन्द भएका कारण उनीहरुलाई कमाइ गर्न समस्या हुँदै आएको थियो तर अहिले कोरोना भाइरसका कारण एकाएक भएको लकडाउनले बादीहरुलाई बिहान–बेलुकीको छाक टार्नै मुस्किल भएको छ । सडक छेउमा पालको कटेरो बनाएर बसेका बादीहरु रोगले भन्दा भोकले मर्नेमा बढी चिन्तित बनेका छन् । छोराछोरीको ज्यान जोगाउनलाई भए पनि खानेकुराको राहत दिन उनीहरुले सबै निकयसँग आग्रहसमेत गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बादी समुदायलाई खाद्यान्न वितरणका लागि नगरपालिकाले विशेष पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बादी समुदायसहित विपन्न वर्गका लागि खाद्यान्न वितरण गर्ने तयारीमा छौँ, निश्चिन्त हुनुस्, हामी भोकले कसैलाई पनि मर्न दिनेछैनौँ ।”