२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकमाथि छानबिन सुरु, राहदानी रोक्का गर्ने तयारी



अ+ अ-

काठमाडौं । अन्तरिम सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनको छानबिन सुरु गरेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक आयोगले छानबिन थालेको हो । यसैगरी नेताहरुको सम्पत्तिमाथि पनि सरकारले अनुसन्धान अघि बढाएको छ ।

जेन–जीको आन्दोलन दमन गर्न भदौ २३ गते निर्देशन दिएको आरोपमा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई छानबिनमा तान्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका निकायले काम थालिसकेको बताए । ‘सरकारले केही नेताहरूको राहदानी रोक्का गर्ने गरी छानबिन प्रक्रिया अघि बढाएको समाचार आइरहेको छ, के यो सत्य हो ?’ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री खरेलले भने– ‘तपाईंहरूले सुनेको कुरा सत्यनजिक छ । यसमा राज्यका निकायले आफ्नो काम गरिरहेका छन् । प्रधानमन्त्रीले पनि बिहीबार राष्ट्रका नाममा सम्बोधनका क्रममा दोषी कसैलाई उम्किन नदिने बताउनुभएको छ ।’

मन्त्री खरेलले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोगसमेत गठन भइसकेको अवस्थामा अनुसन्धान र कारबाहीको दायरामा को–को तानिन्छन्, अहिले नै केही भन्न नसकिने बताए ।

तर, अन्तरिम सरकारले कार्की नेतृत्वको आयोगसँग यसबारेमा प्रारम्भिक छलफल गरिसकेको छ । अब आयोगका सदस्यहरूको शथपपछि औपचारिक रुपमा कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि कारबाही अघि बढाउन प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिइसकेका छन् । शाहको सुझावअनुसार नै सरकारले कम्तिमा ओली र लेखकलाई कारबाहीको दायराा ल्याउन लागेको हो ।

सरकारले ओली र लेखकसहितका नेताहरूको राहदानी नै रोक्का गरेर छानबिन अघि बढाउने तयारी गरेको छ ।

लेखकले १९ जना मारिएको दिन भदौ २३ गते नै राजीनामा दिएका थिए । उता ओलीले बालुवाटारबाट सेनाको उद्धार हेलिकप्टर चढ्नुअघि भदौ २४ गते राजीनामा दिएर हिँडेका थिए ।

यसैगरी बूढानीलकण्ठस्थित निवासमा ठूलो मात्रामा नगद रकम जलेको भेटिएपछि सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अनुसन्धानमा तानेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा पनि नगद रकम जलेको पाइएपछि सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुचुल्का उठाएका छन् ।

यस्तै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पनि दुवै सरकारी कार्यालयका अधिकारीहरू पुगेर मुचुल्का उठाइसकेका छन् ।