२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकमाथि छानबिन सुरु, राहदानी रोक्का गर्ने तयारी



अ+ अ-

काठमाडौं । अन्तरिम सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनको छानबिन सुरु गरेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक आयोगले छानबिन थालेको हो । यसैगरी नेताहरुको सम्पत्तिमाथि पनि सरकारले अनुसन्धान अघि बढाएको छ ।

जेन–जीको आन्दोलन दमन गर्न भदौ २३ गते निर्देशन दिएको आरोपमा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई छानबिनमा तान्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका निकायले काम थालिसकेको बताए । ‘सरकारले केही नेताहरूको राहदानी रोक्का गर्ने गरी छानबिन प्रक्रिया अघि बढाएको समाचार आइरहेको छ, के यो सत्य हो ?’ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री खरेलले भने– ‘तपाईंहरूले सुनेको कुरा सत्यनजिक छ । यसमा राज्यका निकायले आफ्नो काम गरिरहेका छन् । प्रधानमन्त्रीले पनि बिहीबार राष्ट्रका नाममा सम्बोधनका क्रममा दोषी कसैलाई उम्किन नदिने बताउनुभएको छ ।’

मन्त्री खरेलले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोगसमेत गठन भइसकेको अवस्थामा अनुसन्धान र कारबाहीको दायरामा को–को तानिन्छन्, अहिले नै केही भन्न नसकिने बताए ।

तर, अन्तरिम सरकारले कार्की नेतृत्वको आयोगसँग यसबारेमा प्रारम्भिक छलफल गरिसकेको छ । अब आयोगका सदस्यहरूको शथपपछि औपचारिक रुपमा कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि कारबाही अघि बढाउन प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिइसकेका छन् । शाहको सुझावअनुसार नै सरकारले कम्तिमा ओली र लेखकलाई कारबाहीको दायराा ल्याउन लागेको हो ।

सरकारले ओली र लेखकसहितका नेताहरूको राहदानी नै रोक्का गरेर छानबिन अघि बढाउने तयारी गरेको छ ।

लेखकले १९ जना मारिएको दिन भदौ २३ गते नै राजीनामा दिएका थिए । उता ओलीले बालुवाटारबाट सेनाको उद्धार हेलिकप्टर चढ्नुअघि भदौ २४ गते राजीनामा दिएर हिँडेका थिए ।

यसैगरी बूढानीलकण्ठस्थित निवासमा ठूलो मात्रामा नगद रकम जलेको भेटिएपछि सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अनुसन्धानमा तानेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा पनि नगद रकम जलेको पाइएपछि सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुचुल्का उठाएका छन् ।

यस्तै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पनि दुवै सरकारी कार्यालयका अधिकारीहरू पुगेर मुचुल्का उठाइसकेका छन् ।