१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

लकडाउन : टिकापुरमा महिला हिंसाका घटनामा कमी

लकडाउन : टिकापुरमा महिला हिंसाका घटनामा कमी
अ अ+ अ-

टीकापुर । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा हिंसाका दुई मात्र उजूरी दर्ता भएका छन् ।

‘‘लकडाउनको २५ दिनमा दुई महिलाले मात्रै हिंसामा पर्यौँ भनी उजुरी गरेका छन् । दुई वटा घटना पनि श्रीमान्ले मदिरा सेवन गरी झगडा र कुटपिट गरेका हुन् ’’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘‘हामीले उनीहरुकै घरमा गएर सम्झाएर आयौँ । आइन्दा हिंसा नगर्ने शर्तमा प्रहरीकहाँ ल्याएनौंँ, त्यसपछि पनि जानकारी लिएका छौँ, उनीहरुमाथि हिंसा भएको छैन ।’’

डिएसपी भट्टका अनुसार विगत महिनामा २० भन्दा बढी महिला हिंसाका उजूरी दर्ता हुन्थे । बन्दाबन्दीपछि हिंसाका घटनामा कमी आएका छन् । प्रहरीका अनुसार सो क्षेत्रमा मदिराकै कारण महिला हिंसामा पर्छन् । ‘‘लकडाउनका कारण पुरुषहरु घरमै बस्नुपर्दा मदिरा खान पाएनन्, जसले हिंसाका घटनामा पनि कमी आयो’’, भट्ट भन्नुहुन्छ, ‘‘हामीले लकडाउनको समयमा घरेलु मदिरा बिक्री गरिरहेका केही स्थानबाट चार सय लिटर बरामद समेत गरेका छौँ ।’’

टीकापुर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयका उपप्राध्यापक रामप्रसाद तिवारी पनि मदिराले महिलामाथि हिंसा बढाउने गरेको बताउनुहुन्छ । ‘‘यस्तो विपत्तिको समयमा महिलामाथि हिंसा हुनु दुःखद् कुरा हो । सबै घरभित्रै बसिरहेका कारण हिंसाका घटना प्रहरीसमक्ष नपुगेका पनि हुन सक्छन्’’, उपप्राध्यापक तिवारी भन्नुहुन्छ, ‘‘अप्ठेरो समयमा महिलामाथि हिंसा गर्ने त अपराधी हुन्, महिलामाथि हुने दुव्र्यवहार न्यूनीकरण गर्न समाजका सबै नागरिक जिम्मेवार बन्नुपर्छ ।’’

लकडाउनपछि सवारी दुर्घटनाका घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । मानिस हिँड्न र सवारी साधन नचलेपछि सवारी दुर्घटना नभएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।