१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण
अ अ+ अ-

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ । उहाँले भन्नुभयो, “ भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । यस्तो अवस्थामा नेपाली जनतालाई यसको सङ्क्रमणबाट सुरक्षित राख्न नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकलाई अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्दछ ।” अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि पनि उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

“नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण देखिएकाले भारतबाट भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालबाट पनि सङ्क्रमण फैलिन सक्ने उच्च सम्भवना रहेको छ”, विराटनगरस्थित रौनक फार्मेसीका सञ्चालक श्याम श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि त्यस्ता चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने व्यवस्था लागू हुनुपर्दछ ।” उहाँले ‘भीडभाडमा जीउ जोगाउनु र अनिकालमा बीउ बचाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेपाल अधिकांश कुरमा परनिर्भर छन् । यस्तो अवस्थामा नेपालमा आयात हुने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरु पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने एमआर नवराज पाण्डेले जानकारी दिनुभयो ।

“कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइने कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ”, स्थानीय बुद्धिजिवी राजेश ढङ्गोलले भन्नुभयो, “ कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षण र उपचार व्यवस्थालाई व्यापक बनाउनुपर्ने आवश्यकता छ ।”

शङ्कास्पद देखिएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।