काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । केही बेरअघि प्रारम्भ भएको बैठकमा हालैका राजनीतिक घटनाक्रमको समीक्षा गर्ने र केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।
बैठकलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुुभएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको हो ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा यो पहिलो सम्बोधन हुने छ ।










