१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

बजार नपाए पछि बोटमै पाक्न थाले केरा

बजार नपाए पछि बोटमै पाक्न थाले केरा
अ अ+ अ-

चितवन । लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए । जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका अनुसार बजार बन्द भएपछि छिप्पिएका केरा बारीमै पाक्न थालेका छन् ।

उहाँले भन्नुभयो, “चैतको १५ गतेदेखि यहाँका बारीमा केरा तयारी भएको थियो । अहिले वैशाखको पहिलो हप्ता लाग्दासमेत बिक्री गर्न सकीएको छैन ।” नारायणगढको तरकारी तथा फलफूल थोक बजार बन्द छ । थोक बजार बन्द भएपछि सामान बिक्री गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले केरा बोकेको गाडी चलाउन दिएपनि बिक्री गर्ने स्थानको अभावमा बारीमा तयारी अवस्थामा रहेको केरा लैजान नसकिएको उहाँले बताउनुभयो ।

मार्कण्डे केरा उत्पादक सहकारी संस्थाका अध्यक्ष ध्रुव ढुंगानाले बिक्रीका लागि केरा तयारी भए पनि बेच्न नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा केरा लैजान मजदुर पाइँदैन, आफ्नो साधनमा लैजान पनि पाइँदैन, कसरी बिक्री गर्ने ?” सो सहकारीले २० विगाहा क्षेत्रफलमा लगाएको केरा अब बारीमा नै कुहिने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उपभोक्ता माझ लैजाने वातावरण भए लगानी डुब्ने थिएन ।”

पूर्वी चितवनका केरा उत्पादक कृषक यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि बिक्री नहुँदा लाखौं नोक्सान हुने बताउनुभयो । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्नेसमेत थाहा नभएको उहाँको भनाइ छ । संघका पूर्वअध्यक्ष रहनुभएका सुबेदीले भन्नुभयो, “अहिले पनि भारतबाट केरा भित्रिएको छ तर नेपाली केराले बजार पाउन सकेको छैन ।” उहाँले मात्र जिल्लामा ७० बिघामा केराखेती गर्दै आउनुभएको छ ।

अवस्था असहज भएकाले बैंकबाट ल्याएको ऋणको ब्याजको विषयमा सरकारले ध्यान दिनुपर्ने केरा उत्पादक कृषकले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केरा, फलफूल, तरकारीका साना गाडीलाई बारीबाट बजारसम्म लैजान दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । भीड नगरी आफ्नो सामग्री बजार लैजान दिने व्यवस्था सिर्जना गरिएको उहाँले दावी गर्नुभयो ।

केरा उत्पादन सङ्घको तथ्याङ्कअनुसार जिल्लामा तीन हजार बिघामा केरा खेती हुँदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै रु ५० करोड बराबरको केरा निकासी भएको संघले जानकारी दिएको छ । दुई वर्ष अघि हावाहुरी र असिनाले यहाँ लगाईएको केरा नष्ट गरेको थियो । त्यसको ऋण कृषकले तिर्न नपाउँदै थप नोक्सानी बेहोर्नुपरेको हो । यहाँको केराको मुख्य बजार राजधानी काठमाडौँसहित देशका प्रमुख सहरहरु हुन् ।