१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

लकडाउनमा पशुपति क्षेत्रको अवस्था- सरसफाई जारी,विपन्नलाई निशुल्क भोजन

लकडाउनमा पशुपति क्षेत्रको अवस्था- सरसफाई जारी,विपन्नलाई निशुल्क भोजन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । देश बन्दाबन्दीमा नरहेको भए यही वैशाख १ गते पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन्थ्यो । प्रहरीलाई पनि थाम्न निकै गाह्रो पर्नेगरी हरेक वर्ष नयाँ वर्षका दिन देखिने राजधानीबासीको भीड यसपालि पशुपतिनाथमा देखिएन ।

त्यसदिन सार्वजनिक बिदा पनि पर्ने भएकोले पशुपतिनाथलगायत मन्दिरमा नयाँ वर्ष शुभ रहोस् भन्ने कामनासहित मन्दिर दर्शन गर्न जानेहरुको ठूलो भीड हुने गर्दछ । तर नयाँ वर्षमा धेरैको रोजाइमा पशुपतिनाथ नै पर्दछ ।

यसपटक कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी ९लकडाउन० गरेको छ । पशुपतिनाथ मन्दिर लगायत देशभर धेरै भक्तजनको भीड हुने मन्दिरमा भक्तजनलाई प्रवेश गर्न दिइएको छैन । त्यसैले हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर पवित्र पाशुपत क्षेत्र पनि नयाँ वर्षका साथै गएको चैत ११ देखि सुनसान छ ।

भक्तजनहरुका लागि दर्शन गर्न खुला नरहे पनि पशुपति क्षेत्र विकास कोषले भने बन्दाबन्दीका समयमा पनि विभिन्न काममा सक्रियता देखाएको छ । शुपतिनाथ लगायत यहाँका सबै मन्दिरमा नित्य पूजा जारी छ । पशुपतिमा घाट सेवा पनि पूर्ववत् रुपमा नै सञ्चालन भइरहेको कोषका सदस्य सचिव डा।प्रदीप ढकालले बताउनुभयो । बन्दाबन्दीका अवसरमा बेखर्चीलाई शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा पनि कोषले गरेको छ । मूल मन्दिरसँगै घाट क्षेत्रको सफाइ पनि जारी छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण दैनिक पशुपतिनाथ मन्दिर दर्शन गर्ने भक्तजन भने प्रभावित भएका छन् । साढे दुई दशकदेखि नित्य बिहान पशुपतिनाथ मन्दिर दर्शन गर्नुहुने पूर्व सांसद प्रा.विदुर पौडेल दर्शनार्थीलाई नरोक्दा विदेशबाट आउनेको पनि मन्दिरमा भीड लाग्ने भएकाले प्रवेश गर्न नदिनु उपयुक्त कदम भएको बताउनुहुन्छ ।

कोरोना भाइरस विदेशबाट नै आएका देखिएकोले सङ्क्रमण फैलन नदिन पनि विदेशीको आवागमन हुने स्थलमा जमघट बन्द गराएर नेपालीलाई सुरक्षित राख्न सकिन्छ । पशुपतिनाथ मन्दिरमा नित्य रुपमा हुने पूजा, भोग लगायत विधि भने पूर्ववत् जारी रहेको मूलभट्ट गणेश भट्टले बताउनुभयो । जस्तोसुकै अवस्थामा भगवान्को आराधना गर्ने विधिमा सम्झौता गर्न नसकिने उहाँको भनाई छ ।

बन्दाबन्दीअघि पशुपतिमा अर्पण गरिने फूलपाती भट्टलाई समाउन दिइने गरेकामा हाल वरैबाट बार लगाइएको छ । नित्य दर्शनार्थी पशुपतिमा ध्यान, जप गरेर समेत बस्थे । नित्य दर्शनार्थीलाई अहिले दर्शन गर्न गएपनि बिहानै वरैबाट दर्शन गरेर फर्कनुपर्ने पूर्व सांसद पौडेलले बताउनुभयो ।

छाडा गाई र बाच्छा संरक्षण

कोषकै सक्रियतामा बन्दाबन्दीका बेला सडकमा छोडिएका तीन हजार गाई बाच्छा राख्नका लागि गोठाटारमा अस्थायी टहरा निर्माण शुरु भएको छ ।

कोष, छाडा गाई बाच्छा संरक्षण अभियान लगायत संस्थाको सक्रियतामा चैत २६ गतेदेखि उपत्यकाका नगर क्षेत्रमा छाडा गाई बाच्छा सङ्कलन शुरु गरिएको हो । सङ्कलनबाट जम्मा भएका गाई बाच्छा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कोणस्थित वाग्मती नदी किनारमा नअटेपछि गोठाटारस्थित कोषको जग्गामा अस्थायी टहरा निर्माण शुरु भएको सदस्य सचिव ढकालले बताउनुभयो ।

“टहरा निर्माणस्थलमा घाँस छ, चराउन चरन पनि भएकाले राख्न पनि सहज हुन्छ, यहाँ रहेको कोषको ५३४ रोपनी जग्गामध्ये १०० रोपनीमा गौशाला बनाउने नै योजना छ”–उहाँले भन्नुभयो । उपत्यकाका काठ क्षेत्रका नगरपालिकामा पालिएका गाईले बाच्छा जन्माए केही महीनापछि पशुपति क्षेत्र, वाग्मती किनार लगायत सडकमा छोडिने गरेको छ । यसैगरी गाई पनि नब्याउने भएपछि यसरी नै छोडिन्छ । यस्ता गाईबाच्छा सङ्कलनका क्रममा नगरपालिकाका माध्यमबाट गाईपालकलाई पनि जिम्मेवार बनाउन नगर प्रमुखहरुसँग समेत छलफल भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

छलफलका क्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले अभियानलाई सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको छ । बाँकी नगरप्रमुखलाई सहमतिमा ल्याएर यस अभियानलाई अघि बढाइने जनाइएको छ ।

गत वर्ष जेठ १ गतेदेखि वाग्मती किनारमा छाडा छोडिएका गाईबाच्छा संरक्षण शुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो । पछिल्लो समय धेरै गाईबाच्छा जम्मा हुन थालेको र त्यहाँको क्षमता नपुग्ने भएकाले कोषसँगको सहकार्यमा आगामी जेठ १ गतेदेखि सार्ने गरी टहरा निर्माण भइरहेको उहाँले सुनाउनुभयो ।

जम्मा भएका गाईबाच्छालाई दाताले आफ्नो जन्मदिन लगायत शुभ अवसरमा दाना, पिठो, घाँसलगायत आवश्यक सामग्रीका लागि सहयोग दिने गर्नुभएको छ । संरक्षित गाईबाच्छालाई घाँस दाउराको व्यवस्था गर्न आधा दर्जन स्वयंसेवी दैनिक खटिने गर्नुभएको छ ।

पशुपति क्षेत्रको वनकालीमा पनि हाल नन्दीस्थलका रुपमा छाडा गाई बाच्छा संरक्षण गरिएको अभियानकर्मी गोपाल न्यौपानेले बताउनुभयो । मुलुकी संहितामा सार्वजनिक स्थलमा आफूले पालेका गाईबाच्छा छोडेमा कारबाही गरिने व्यवस्था छ । अब छाडा छोड्नेलाई यो व्यवस्थाअनुसार कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने अभियानकर्मीको माग छ ।

विमानस्थलसँगैको संरक्षणस्थलमा पहिले नै ७० वटा गाईबाच्छा थिए । उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईको बाच्छा जन्मिए केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले जनाकारी दिनुभयो । बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महीनामै पशुपति एवं वाग्मती किनारमा छोडिदिन्छन् । जसका कारण सडक दुर्घटनाका समस्या समेत बढ्ने गरेको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार गाईलाई गौमाताका रुपमा पुजिन्छ । स्थानीय गाईको गोरसमा औषधीय गुण रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसेको छ । जसको प्रयोगले १४८ प्रकारका रोग निको हुने अनुसन्धाकर्मी गोव्रती योगी सोमराज बताउनुहुन्छ ।

शास्त्रीय रुपमा गरिने प्रत्येक शुभकर्ममा गाईदानको महत्व समेत उल्लेख गरिएको छ । गाईको यही महत्वका कारण कोष र अभियान लगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाईबाच्छा उद्धार गरी राख्न टहरा निर्माण अभियान शुरु भएको हो ।

जारी छ सरसफाइ

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने रोकिएको छैन ।

विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका रुपमा पुज्ने पशुपतिनाथ परिसरमा खेम्स क्लिनिङले तीन वर्षअघिदेखि शुरु गरेको सरसफाई अहिले यो विषय परिस्थितिमा पनि जारी छ । यो सफाइ अभियान शुरु भएपछि विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र सफा देखिन थालेको छ । सफाइ शुरु गरेपछि पशुपति क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्या समेत बढेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

कुचो लगाउने, पानी हाल्ने पुछ्ने काममा सफाइकर्मी सक्रिय छन् र उनीहरुले आधुनिक प्रविधि र सामग्रीको सहायताले यस्तो कार्य गर्ने गरेका छन् । हुने गरेका छन् । कोषका सदस्य सचिव ढकाल कोरोना फैलन नदिन भक्तजनलाई प्रवेश निषेध गरिए पनि परेवाको विष्टाका कारण हुने फोहर सफाइका लागि पनि अभियान जारी रहेको बताउनुहुन्छ ।

बन्दाबन्दी भएपनि दैनिक १५ जना सफाइकर्मी पशुपतिमा खटिएको खेम्स क्लिनिङका स्थलगत ९फिल्ड० अधिकृत नवराज भट्टराईले जानकारी दिनुभयो । सफाइपछि कोभिड १९ भाइरसबाट बच्न २५ लिटर पानीमा एक ट्याब्लेट क्लोरोसेट हाली छर्कने गरिएको छ । जसले पशुपति क्षेत्रलाई ‘डिस्इन्फेक्टेड’ बनाउने छ । यस्तो पानी छर्किएपछि छ घण्टासम्म कोरोनाका कीटाणु आउन नसक्ने प्रयोगशालामा प्रमाणित भएको भट्टराईले सुनाउनुभयो ।

खेम्स क्लिनिङले बन्दाबन्दीको समयमा पनि विभिन्न अस्पताल, प्रतिष्ठान तथा अन्य स्थलहरुमा सफाइको काम जारी राखेको जनाएको छ । यसरी सफाइको काममा खटिनेलाई सुरक्षात्मक सामग्री र कतै अस्पतालहरुमा सफाई गर्नेलाई भने व्यक्तिगत सुरक्षा सामग्री ९पिपीई० लगाएर सफाइको काम गर्न लगाइएको उहाँले बताउनुभयो । यो भाइरसको प्रकोप रोक्नका लागि सरसफाई नै प्रमुख कार्य भएकोले पछिल्लो समयमा सफाइका लागि धेरैतिरबाट चासो आएको र कतिपय व्यक्तिहरुले आधुनिक र प्रविधिबाट गरिने सफाईका लागि घरघरबाट पनि सफाइका लागि माग आइरहेको खेम्स क्लिनिङका भट्टराईले जानकारी दिनुभयो ।

जङ्गल रहेको पशुपति क्षेत्रको मृगस्थलीमा भने थोरै जनशक्तिले कोषको काम चलाइरहेका कारण हाल सफाइ गर्न नसकिएको कोषका कार्यकारी निदेृशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

बन्दाबन्दीमा निःशुल्क भोजन

मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशामा जीवन यापन गरिरहेकालाई चैत १६ गतेदेखि शुरु गरिएको निःशुल्क भोजन बन्दाबन्दी तीन साता बितिसक्दा पनि जारी छ । चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा शुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० जनालाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ । भोजन गराउँदा कोरोनाबाट बच्न बुधबारदेखि ‘प्लेट’को प्रयोग भने बन्द गरिएको छ । भोजन बनाएर पाकेटमा राखिदिने गरिएको छ ।

भोजन गराउँदा सरकारले तोके बमोजिमको दूरी कायम गरी कोरोना नफैलिने गरी सजगता अपनाइएको जनाइएको छ । पूर्णप्रसाद मिश्र/ रासस