४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो ६० प्रतिशत पन्छाइयो

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो ६० प्रतिशत पन्छाइयो
अ+ अ-

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत पूरा भएको छ । बिहीबार दिउँसो पौने तीन बजेसम्मको तथ्यांकअनुसार सो मात्रामा पहिरो हटाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउन नारायणगढतर्फबाट दुई र मुग्लिनतर्फबाट तीन गरी पाँचवटा उपकरण प्रयोगमा ल्याइएको छ । दुवै दिशामा थप एक–एक उपकरण तयारी अवस्थामा राखिएको डिभिजनले जनाएको छ ।

काम गर्ने क्षेत्र साँघुरो भएकाले एकै पटकमा पाँचवटा उपकरणले मात्र काम गर्न सक्ने अवस्था रहेको छ । त्यसमध्ये नारायणगढतर्फ ठूलो ढुङ्गा भेटिँदा पन्छाउने कार्यमा कठिनाइ भए पनि उपकरणहरूले पूर्ण क्षमतामा काम गरिरहेका छन् ।

सडक डिभिजनका अनुसार ढुङ्गाको मात्रा बढी हुनुका साथै स–साना तिखा ढुङ्गाले टायर पन्चर हुने, अपरेटरलाई चोटपटक लाग्ने जस्ता समस्या देखिएकाले सोचेअनुसार कामको गति अघि बढ्न सकेको छैन । हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर ल्याई कामलाई निरन्तरता दिइएको छ ।

यदि थप बाधा नआएमा आज रातिसम्म पूर्ण रूपमा पहिरो पन्छाएर सडकमा सवारीसाधनको नियमित आवागमन सञ्चालनमा ल्याउने लक्ष्य रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।