२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र परेका मजदुरहरुलाई सरकारले घरमा लैजाने व्यवस्था मिलाउनु पर्छ : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पैदल यात्रामा निस्केकाहरूलाई घरमा लैजाने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। शुक्रबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा उल्लेख गरेका हुन् ।

‘लकडाउनको अवस्थामा घर जान पैदल यात्रामा निस्किसक्नु भएकाहरूको दुस्ख व्यथा सहजै अनुभूत गर्न सकिन्छ,’ श्रेष्ठले भनेका छन्, ‘उहाँहरूलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला।’

अबदेखि कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्कन उनले आग्रह गरेका छन्। लकडाउन कडाइपूर्वक पालना गरी स्वःक्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठको भनाइ छ।

‘सरकारले घरभाडा र खानाको समस्या परेकाहरूको समस्या समाधान तुरून्त गरौं,’ उनले भनेका छन्, ‘सम्बन्धित व्यक्तिको घरमा रहेको परिवारसमेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।’