१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र परेका मजदुरहरुलाई सरकारले घरमा लैजाने व्यवस्था मिलाउनु पर्छ : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पैदल यात्रामा निस्केकाहरूलाई घरमा लैजाने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। शुक्रबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा उल्लेख गरेका हुन् ।

‘लकडाउनको अवस्थामा घर जान पैदल यात्रामा निस्किसक्नु भएकाहरूको दुस्ख व्यथा सहजै अनुभूत गर्न सकिन्छ,’ श्रेष्ठले भनेका छन्, ‘उहाँहरूलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला।’

अबदेखि कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्कन उनले आग्रह गरेका छन्। लकडाउन कडाइपूर्वक पालना गरी स्वःक्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठको भनाइ छ।

‘सरकारले घरभाडा र खानाको समस्या परेकाहरूको समस्या समाधान तुरून्त गरौं,’ उनले भनेका छन्, ‘सम्बन्धित व्यक्तिको घरमा रहेको परिवारसमेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।’