१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाले बाड्यो राहत

विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाले बाड्यो  राहत
अ अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।

नगरपालिकाले शुक्रबार कीर्तिपुर विश्वविद्यालयमा करिब ५ सय विद्यार्थीलाई अत्यावस्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीहरुलाई खाद्य सामग्री अभाव नहोस भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका वडा नं. ९का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताउनुभयो । संयोजक महर्जनले कुनैपनि विद्यार्थीलाई भोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताउनुभयो । उहाँले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थीहरु सबैको आकडा आउने क्रममा नै रहेको र जसलाई समस्या परेको छ सबैलई राहत उपलब्ध गराउने उहाँले बताउनुभयो ।

विद्यार्थीहरुलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्ण प्र आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताउनुभयो । उहाँले विश्व विद्यालयमा अध्यनरत करिब ५ सय जनाले राहत पाएको बताउनुभयो ।

नगरपालिकाले विद्यार्थीहरुलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको छ । कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।