२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोसिमा कार्कीले भनिन्–“शान्तिपूर्ण रूपमा संसदभित्र गएको थिएँ”



अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा भएको भड्खालो घटनापछि सार्वजनिक भएका भिडिओमध्ये एकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ तथा पूर्वसांसद डा. तोसिमा कार्की देखिएकी छन् ।

पेशाले चिकित्सक डा. तोसिमा सेतो एप्रोन लगाएरै संसद भवन पुगेकी र एक भिडियोमा उनी ‘लेट्स गो टु पार्लियामेन्ट पिसफुल्ली’ भनी बोल्दा सुन्न सकिन्छ ।

उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि कतिपयले उनलाई आन्दोलन उक्साउन उद्यत भएको आरोप लगाएका छन् ।

यस विषयमा हिजो रास्वपाको केन्द्रीय समितिको बैठकपछि गरेको पत्रकार सम्मेलनमा डा. तोसिमाले आफूले हालसालै दिएको स्पष्ट प्रतिक्रिया प्रस्तुत गरिन् । ‘जेनजी आन्दोलन पार्टीकै मुद्दा बोकेको र त्यसैकारण पार्टीले सहभागीता जनाएको हो र निलो क्रान्तिको पक्षमा छौँ ।त्यो भनेको शान्तिपूर्ण परिवर्तनको बाटो हो । हामी शान्तिका पक्षधर हौं,” उनले भनिन् ।

डा. तोसिमाले थपिन् — “हामीको उपस्थिति हुँदाहुँदै पनि किन ७६ जनाको ज्यान जाने स्थिति सिर्जना भयो त ? यसको समीक्षा गर्दैछौं ।” उनले भदौ २३ मा आन्दोलनकारीहरुको ठूलो हताहति भइसकेपछि भदौ २४ गते हुनसक्ने विद्रोहको पूर्वानुमान सरकारले गर्न नसकेको कुरामा पनि गम्भीर आपत्ति व्यक्त गरिन् । घटनापछि रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिएको र उनले पनि आन्दोलनमा सहभागी भएको उनको भनाइ छ ।

संसद भवनभित्र पुगेको आफ्नो कारण बारे डा. तोसिमाले बताइन् कि भदौ २३ मा सिंहदरबारमा संसदिय समिति बैठकमा रहेको बेला आन्दोलनमा गोली चलेको खबर आएपछि बैठक रोकियो र उनी तत्काल सिभिल अस्पताल पुगेकी थिइन् ।

“जानसक्ने वातावरण थिएन, तर यस्तो समयमा राजनीति दोस्रो हो, जनताको सेवा पहिलो कर्तव्य हो भनेर जोखिम मोलेरै गएको थिएँ,” उनले भनिन् । अस्पतालमा घाइतेहरुको उपचार र समन्वयमा सक्रिय भइन् र दोस्रो दिन पनि “टुलुटुलु हेरेर बस्ने अवस्था थिएन” भन्दै आन्दोलनमा सँगसँगै लागेको उल्लेख गरिन् ।

डा. तोसिमाले संसद भवनभित्र पनि उनको उपस्थितिको उद्देश्य घाइतेको उपचार र अस्पताल लैजाने कार्यमा सहयोग पुर्‍याउनु भएको स्पष्ट पारिन् । “त्यहाँ पनि केही व्यक्ति घाइते हुनुभएको थियो । एक–दुई जना बेहोस हुनुभयो । उहाँहरूलाई अस्पताल पुर्‍याउने काम गर्‍यौं,” उनले भनिन् । यसैगरी उनले आन्दोलन शान्तिपूर्ण बनाउन आफूले सक्दो प्रयास गरेको र आन्दोलनकारीलाई ढुंगा नहान्न बारम्बार अनुरोध गरेको पनि बताइन् — “अर्कोथरी नहुँदा हामीलाई पनि गोली लाग्छ भन्ने चिन्ता थियो।”

प्रधानमन्त्रीको राजीनामा आउने खबरले संसद भवनभित्र ठूला स्तरमा आनन्द अभिव्यक्त भएका बेला उनले एक आन्दोलनकारीको हातमा चोट लागेको हुँदा रुमालले बाँधेर सहयोग गरेको र सो व्यक्तिले धन्यवाद दिएको क्षणसमेत सम्झिइन् ।